व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु


लेटाङ । नेफ्स्कूनको आयोजना तथा इटहरी फिल्ड कार्यालयको सहयोगमा मोरङको लेटाङमा ३ दिवसीय व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (CUMCE) सुरु भएको थियो । नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले सभाध्यक्षको रुपमा तालिमको उद्घाटन गर्नुभएको थियो भने उद्घाटन सत्रमा बोल्दै नेफ्स्कून सञ्चालक नेपालले गुणस्तरीय संस्था सञ्चालनको लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुराहरुलाई संस्थामा लागू गर्न आग्रह समेत गर्नुभएको थियो ।

त्यसैगरि सहजकर्ता एवम् अतिथि नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमिल्सिनाले स्वागतसँगै तालिमको औचित्यबारे धारणा राख्नुभएको थियो । उक्त तालिममा ३१ वटा बचत तथा ऋण सहकारी संस्थाका ३२ जनाको सहभागिता रहेको थियो भने तालिम सहजीकरण तिमिल्सिना र संघका अर्का बरिष्ठ अधिकृत भरत न्यौपानेले गर्नुभएको नेफ्स्कूनको झापा फिल्ड कार्यालयस्थित कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै