कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम


कैलाली । सुदुरपश्चिम प्रदेश अन्तरर्गत कैलालीको बर्दगोरिया गाँउपालिकामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्स्कूनको आयोजना र बर्दगोरिया गाँउपालिकाको सहकार्यमा आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरि नेफ्स्कूनका सञ्चालक सदस्य एवम् कञ्चनपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक माधवप्रसाद जोशीको अध्यक्षता र बर्दगोरिया गाँउपालिकाका उपाध्यक्ष भगवती देवी डगौंराको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा गाँउपालिकाका वडा अध्यक्षहरु र बिभिन्न सहकारीका अध्यक्षहरु प्रतिनिधिहरु सहित सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बर्दगोरिया गाँउपालिका कैलालीमा सञ्चालित २६ वटा बिभिन्न प्रकृतिका सहकारी संस्थाहरुबाट ४१ जनाको सहभागिता रहेको थियो । त्यसैगरी तालिम सहजिकरण संघका कार्यक्रम अधिकृत पवनजंग मल्लले गर्नुभएको थियो भने व्यवस्थापन संघका कैलाली कार्यालय इन्चार्ज योगेश बोहराले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन