राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता


 

राष्ट्रिय सहकारी बैंक लिमिटेडद्वारा नेपालको सहकारी क्षेत्रमा अध्ययनको दायरा फराकिलो पार्ने उद्देश्य सहित, सहकारी क्षेत्र सम्बन्धी विषयमा शोध प्रबन्ध लेख्नको लागि छनौट भएका विद्यार्थीहरु र बैंक बीच सम्झौता भएको थियो । उक्त बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बिच शोध प्रबन्ध अनुसन्धान अनुदान प्राप्त गर्ने विद्यार्थीहरु र बैक बीच सम्झौता भएको थियो भने शोध प्रबन्ध अनुसन्धान अनुदान प्राप्त गर्ने विद्यार्थीहरु स्नातकोत्तर तर्फ प्रतिकनाथ पन्त र विद्यावारीधि तर्फ अजिता देवि शर्मा रहेका थिए ।

त्यसैगरी पोखरा विश्वविद्यालय अन्तर्गत एपेक्स कलेजमा अध्ययनरत पन्तले Credit Risk Management in Cooperative Organization in Nepal र त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायमा अध्ययनरत शर्माले Women Empowerment Through Cooperatives विषयमा शोध अनुसन्धान गर्दै हुनुहुन्छ भने कार्यक्रममा छनौट भएका शोधार्थीहरुले आफ्नो शोध प्रबन्ध अनुसन्धानको बारेमा जानकारी गराउँदै बैंकले अनुसन्धानमा गरेको सहयोग प्रति धन्यबाद समेत व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष के.बी उप्रेती, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती, संचालक एंवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराई, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले शुभकामना दिनुभएको थियो भने सो कार्यक्रममा बैंकको उच्च व्यवस्थापनका कर्मचारीहरु, सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाल, उपाध्यक्ष काजी श्रेष्ठ लगायत उपस्थीत हुनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न