जोखिम व्यवस्थापन तालिम सम्पन्न


राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित चार दिवसीय ऋण जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको थियो । उक्त तालिममा महासंघका अध्यक्ष मिनराज कंडेलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बित्तीय कारोबार गर्ने सहकारी संघ-संस्थाहरुमा जोखिमको सम्भावना हुने भएकोले व्यवस्थापन थप जिम्मेवार र चनाखो हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो भने सहकारीले अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्नु नहुने र सुशासनमा रहनका लागि सहकारी संघ संस्थाहरु स्वनियमनमा संचालन हुनुपर्ने समेत बताउनुभएको थियो ।

उक्त तालिममा महासंघका महाप्रबन्धक सुब्बाले ऋण लगानी र असुलीमा प्रभाव पार्ने तत्वहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । त्यसैगरी सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य पार्वती अर्यालले ऋण जोखिम व्यवस्थापन, नरेश नेपालले ऋण लगानी तथा असुलीका कानूनी प्रावधानहरु, विष्णुप्रसाद घिमिरेले ऋण जोखिमका कारक तत्वहरु, महासंघका नायव महाप्रबन्धक बाबुल खनालले ऋण जोखिम अवधारणा र सिद्धान्तहरु, कुवेर निरौलाले धितो मुल्याङकन विधि, ऋण लगानीका प्रक्रियाका विषयमा प्रशिक्षण गर्नुभएको थियो भने महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले सहकारी अवधारणा, ऋण परिचालनको उद्देश्य, ऋणी विश्लेषण, मूल्याङकन र रामसूदन तिमिल्सिनाले ऋण कार्यविधि र आधारभूत विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरि नवजीवन सहकारी धनगढीका जयराज जोशीले तालिम उपयोगी भएको र सैद्धान्तिक विषय भन्दा व्यवहारिक विषयमा जोड दिन सुझाव दिनुभएको थियो भने सप्तरीको एभरेष्ट साकोसकी दिव्या शाहले तालिमबाट महत्वपूर्ण ज्ञान हासिल भएको र ऋण लगानी गर्दा दबाब र प्रभावमा भन्दा पनि कार्यविधिमा रहेर गर्नुपर्ने महत्वपूर्ण ज्ञान हासिल भएको बताउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन