सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२, क्षेत्रपुरस्थित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो भने संस्थाका अध्यक्ष थिरप्रसाद धितालको अध्यक्षतामा आयोजित सभामा नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी, सञ्चालक सदस्य विद्या कोइराला, जिल्ला बचत संघ चितवन, जिल्ला बहुउद्देश्यीय संघका प्रतिनिधि लगायत स्थानीय सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त सभालाई संबोधन गर्दै प्रमुख अतिथि पौडेलले वित्तीय सहकारी संस्थाले वित्तीय सक्षमता र प्रतिस्पर्धात्मक स्थान हासिल गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई उद्यमशिलता विकासमा जोड्दै सदस्यहरुको आर्थिक सशक्तिकरणमा भूमिका खेल्न अनुरोध गर्नुभएको थियो भने साकोस अभियान जागरण, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चितता हुँदै क्रमशः सञ्जालीकरणमा प्रवेश गरिसकेको अवस्थामा सदस्य, संस्था र अभियानलाई एकसुत्रमा बाध्दै सुशासित संस्था सञ्चालनमा प्रतिवद्धताका साथ लाग्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।

सो कार्यक्रममा संस्थाका शेयर सदस्यहरु बबिलाल तामाङ, निलप्रसाद भेटुवाल, चेतकुमारी शर्मा, डिल्लीप्रसाद ओली, नन्दप्रसाद न्यौपाने, अनिता श्रेष्ठ, कोपिला पराजुली, खिलप्रसाद मिश्र, साकार आचार्य, पूर्णप्रसाद रेग्मी, पम्फा गिरी, बुद्ध टोल विकास संस्थाहरुलाई विभिन्न विद्यामा उत्कृष्टता हासिल गरेकोमा सम्मान, पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियोे ।

त्यसैगरी संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष जयराम पाण्डेले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त सभामा महत्वपूर्ण प्रस्तावहरुमा बृहत छलफल र निर्णय गरिनुका साथै सभामा विविध सांस्कृतिक सहकारी गीत तथा नृत्य एवं थारु समुदायको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै