३ दिने सियुएलसीसी तालिम सम्पन्न


काठमाडौं । नेफ्स्कूनको आयोजनामा भक्तपुरको नगरकोटमा ३ दिवसीय ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि कोर्ष सियुएलसीसी तालिम सम्पन्न भएको थियो । उक्त तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून कोषाध्यक्ष दिपक पनेरु हुनुभएको थियो भने तालिममा विभिन्न २० वटा बचत तथा ऋण सहकारी संस्था लि.का ७ महिला तथा २२ पुरुष गरी २९ ऋण अधिकृतहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी तालिम सहजीकरण नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमिल्सिना र कार्यक्रम अधिकृत सन्दीपराज ढकालले गर्नुभएको थियो भने सो तालिम अधिकृत रविन्द्र श्रेष्ठ, कार्यक्रम अधिकृत गौतम कुमार साह, बरिष्ठ सहायक शौरभ चौलागाईले तालिम व्यवस्थापन सहयोग गरिरहनुभएको थियो । उक्त तालिममा ऋण लगानी, परामर्श, प्रक्रिया, जोखिम, ऋण सदुपयोगिता, ऋण लगानीको अनुगमन लगायत सम्पूर्ण प्रक्रियाहरुको बारेमा सैद्धान्तिक र व्यावहारिक विषयहरु समेटिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन