मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न


मन्थली । रामेछाप जिल्लाको अग्रणी सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाको २४औं बार्षिक साधारण सभा सम्पन्न भएको थियो । उक्त संस्थाका अध्यक्ष धुर्बप्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले उद्घाटन गर्नुभएको थियो । त्यसैगरी उद्घाटन कार्यक्रममा नगर उहाँले तीन खम्बे अर्थनीति अंगिकार गरेको सरकारले सहकारी क्षेत्रमा संकलित रकम आर्थिक विकासका लागि परिचालन गर्न जोड दिदै नगर क्षेत्रका सबै सहकारी संस्थाहरु नगरपालिकाको दायरामा आउनुपर्ने बताउदै सहकारीका लागि निर्धारण गरिएको कर संशोधन हुने बताउनुभएको थियो ।

उक्त कार्यक्रममा जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयांघरे, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका शिव श्रेष्ठ र नेफ्स्कूनका दोलखा फिल्ड कार्यालय प्रमुख राजेश खड्काले समेत सहकारी संस्था र यसले समाजमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो भने बार्षिक साधारण सभामा संस्थाका सचिव गोबिन्दप्रसाद घिमिरेले बार्षिक कार्यक्रम, कोषाध्यक्ष टीकाप्रसाद भट्टले संस्थाको आय-व्यय विवरण र लेखा सुपरिवेक्षण समितिका संयोजक टंकप्रसाद दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरि कार्यक्रममा दिएको जानकारी अनुसार संस्थाको रामेछाप जिल्लाका साविक १८ गाविसमा कार्यक्षेत्र रहेको, १४ हजार ९४ जना सदस्य रहेको, गत आर्थिक बर्षको असार मसान्त सम्म ९ करोड ६ लाख ६८ हजार शेयर पूंजि संकलन गरेको, शेयर सदस्यबाट कुल ८२ करोड ५० लाख ९५ हजार बचत संकलन गरेको, शेयर सदस्यहरुलाई विभिन्न कार्यका लागि ६४ करोड ३९ लाख २९ हजार ७८ रुपैंया ऋण लगानी गरेको र गत आ.व.मा कुल ९८ करोड ७७ लाख ३९ हजार ३ सय ६० रुयैयांको कारोवार गरी ५८ लाख १४ हजार ८ सय ६२ रुपैंया खुद मुनाफा आर्जन भएको थियो ।

उक्त संस्थाको बार्षिक साधारण सभाले गोबिन्दप्रसाद घिमिरेको अध्यक्षमा ९ सदस्यीय संचालक समिति र टंकप्रसाद दाहालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्बिरोध निर्वाचित गरिएको  र  उपाध्यक्ष पदमा चन्द्रा खड्का, सचिवमा हिमाल ढुंगेल, कोषाध्यक्षमा टीकाप्रसाद भट्ट, सदस्यहरुमा तारादेवी थापा, महेश घिमिरे, नानीमैया माझी, गौतमकुमार श्रेष्ठ र नवीन केसी चयन हुनुभएको थियो  भने  लेखा सुपरिवेक्षण समिति सदस्यमा कृष्णवहादुर बस्नेत र जानुकी श्रेष्ठ निर्वाचित हुनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै