जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कून जनकपुर फिल्ड कार्यालयको आयोजनामा जनकपुरधाममा तीन दिने लेखा व्यवस्थापन तालिम सुरु भएको थियो । उक्त तालिममा सिराहा, सप्तरी, धनुषा र महोत्तरीका ३५ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३५ जना लेखा शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी नेफ्स्कूनको जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु गंगा बलम्पाखि, विजय कुमार महतो र नवीन कर्णको उपस्थितिमा तालिम सत्रको औपचारिक शुभारम्भ भएको थियो भने कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत नविनराज दाहालले गर्नुभएको थियो ।