तनहुँमा स्तरीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न


तनहुँ । नेफ्स्कूनको आयोजनामा तनहुँको दुलेगौँडामा स्तरीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । उक्त एक दिवसीय कार्यक्रममा १९ वटा बचत तथा ऋण सहकारी संस्थाका २६ जनाको सहभागिता रहेको थियो भने नेफ्स्कून सञ्चालक सदस्य कमलादेवी गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानेले स्तरीकरण कार्यक्रमको परिचय, महत्व, नेफ्स्कूनले सञ्चालन गरेका स्तरीकरण कार्यक्रमहरु, त्यस्ता कार्यक्रमले संस्थाको वित्तीय सुशासन, विकास एवम् प्रवर्धनमा खेल्ने भूमिकाबारे सहजीकरण समेत गर्नुभएको थियो ।

त्यसैगरी नेफ्स्कून सञ्चालक गिरीले संघको स्तरीकरण कार्यक्रमले साकोसहरुलाई सुरक्षित, दिगो र सदस्यमैत्री बनाउने भन्दै सहभागी सबैलाई सहभागिताका लागि आग्रह गर्दै नेफ्स्कून पोखरा फिल्ड कार्यालय प्रमुख यमकला सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघको तनहुँ सेवा केन्द्र प्रमुख दिपक आचार्यले गर्नुभएको थियो । उक्त स्तरीकरण कार्यक्रमसम्बन्धी प्रस्तुति पछि सहभागीहरुले नेफ्स्कूनले ल्याउने गुणस्तर प्रमाणीकरणसम्बन्धी कार्यक्रमहरुमा सहभागी हुने प्रतिबद्धता जनाएको संघको तनहुँ सेवा कार्यालय प्रमुख दिपक आचार्यले बताउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न