सिस्टर सोसाइटी अन्धकारमुक्ति पाल्पा गठन


काठमाडौं । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाले लक्ष्मी देवी ढकालको संयोजकत्वमा ३५ सदस्यीय सिस्टर सोसाइटी अन्धकारमुक्ति, पाल्पा गठन गरेको थियो । उक्त साकोसको २३औं वार्षिक साधारण सभाको शुभ अवसर पारेर संस्थामा आबद्ध महिलाहरु सम्मिलित सिस्टर सोसाइटी गठन गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यता तथा नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीको विशिष्ट आतिथ्यतामा आयोजित साधारण सभा गठन गरिएको थियो भने सो कार्यक्रममा नेफ्स्कून उपाध्यक्ष एवम् सिस्टर सोसाइटी नेफ्स्कून, नेपाल च्याप्टर संयोजक अधिकारीले सिष्टर सोसाइटीको परिचय, महत्व, सम्भावनाआदिबारे अभिभुखीकरण गर्नुभएको थियो ।

उहाँले बचत तथा ऋण सहकारीहरुको साझा विश्व सञ्जाल बिश्व ऋण परिषद्को पहलमा विश्वभर क्रेडिट युनियनमा आबद्ध महिलाहरुको साझा प्लेटफर्मको रुपमा सशक्तिकरण, उद्यमशीलता, क्षमता अभिवृद्धि आदि गर्ने उद्देश्यले सन् २००९ मा सिस्टर सोसाइटीको अवधारणा सुरु भएको जानकारी गराउदै नेपालमा पनि सन् २०१७ मा विश्व ऋण परिषद् अन्तर्गको Global Women’s Leadership Network को सहयोग तथा नेफ्स्कूनको अगुवाईमा पहिलो सिस्टर सोसाइटीको रुपमा सिस्टर सोसाइटी नेफ्स्कून गठन भएपश्चात देशभर थुप्रै सोसाइटीहरु गठन भई महिला उत्थानका क्षेत्रका कार्यरत भएका थिए ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न