सुनसरीको आयोजनामा प्रथम साकोस शिखर गोष्ठी सम्पन्न

काठमाडौं । बचत तथा ऋण सहकारी संघ लि. सुनसरीको आयोजनामा प्रथम साकोस शिखर गोष्ठी सुनसरी – २०७८, ११ बुँदे घोषणा पत्र जारी गर्दै धरानमा सम्पन्न भएको थियो । उक्त गोष्ठीमा सञ्चालकहरुको क्षमता अभिवृद्धि गरी समुदायमा आधारित तथा सदस्य केन्द्रीत सहकारी व्यवसाय सञ्चालन गर्दै सहकारीका मुल्य, मान्यता र सिद्धान्तमा आधारित बचत तथा ऋण सहकारीहरु सञ्चालनको प्रमुख प्रतिबद्धता घोषणापत्रमार्फत व्यक्त गरिएको थियो । त्यसैगरी सो गोष्ठीमा जिल्लाभरका २८७ बचत तथा ऋण सहकारी संस्था साकोसका ३ सय जनाको सहभागिता थियो भने प्रदेश नं-१ का प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यता तथा जिल्ला बचत संघ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम तथा संघीय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीको प्रमुख आतिथ्यता तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसैगरी उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी विशिष्ट अतिथि रहनुभएको थियो भने अतिथिहरुमा महासंघ सञ्चालक डीबी बस्नेत तथा अमृता सुब्बा, नेफ्स्कून सञ्चालक घनश्याम अधिकारी, प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नं-१ का रजिष्ट्रार बलराम निरौला लगायत रहनुभएको र सो गोष्ठीका सहभागीहरुले आन्तरिक नियन्त्रण प्रणाली स्थापित गर्दै संस्थागत तथा वित्तीय सुशासन कायम गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

साकोसहरुलाई नीति, विधि र प्रविधिका आधारमा सञ्चालन गरी गुणस्तरीयता कायम गर्दै स्तरीकरण कार्यक्रम तथा साकोसहरुको सुरक्षा कवच स्थिरीकरण कोषमा आबद्ध हुने, जिल्ला भरका सहकारीहरुको प्रवर्धन र विकासका लागि जिल्ला बचत संघ सुनसरीसँग हातेमालो गर्दै अघि बढ्ने, वित्तीय पहुँच कम भएका वर्ग, समुदाय र क्षेत्रमा सहकारीहरुको पहुँच विस्तार गरी उद्यमशिलता, स्वरोजगार र बचतमार्फत जीवनस्तर परिवर्तन गराउने, वित्तीय क्षेत्रमा भित्रिएका नवीन प्रविधि अवलम्बन गर्दै उच्चस्तरको विद्युतीय सेवा प्रवाह गर्ने लगायतका प्रतिबद्धताहरु घोषणापत्रमा अटाएका थिए भने नेपालमा साकोस अभियान प्रवर्धन र विकास विषयमा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको कार्यपत्रमाथि संघीय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले टीप्पणी गर्नुभएको थियो ।

त्यसैगरी नेफ्स्कून सञ्चालक घनश्याम अधिकारीले ‘साकोसमा सञ्चालकहरुको भूमिका तथा उत्तरदायित्व’ विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि संघका पूर्वअध्यक्ष एवम् महासंघ सञ्चालक डीबी बस्नेतले टीप्पणी गर्नुभएको थियो भने ‘साकोसमा सुशासन र आन्तरिक नियन्त्रण प्रणाली’ विषयमा प्रदेश नं १ का सहकारी रजिष्ट्रार बलराम निरौलाले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि महासंघ अध्यक्ष मिनराज कडेलले, ‘सहकारीमा कर्मचारी व्यवस्थापनः चुनौती र सम्भावना’ विषयमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलको कार्यपत्रमाथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले, ‘स्थिरताका लागि वित्तीय व्यवस्थापन’ विषयमा नेफ्स्कूनका पूर्व कोषाध्यक्ष केशव प्रसाद पोख्रेलले गरेको प्रस्तुतिमाथि आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले र ‘कोष बाँडफाँड एवम् सदस्य केन्द्रीयता गणना’ विषयमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद गुरागाईको कार्यपत्रमाथि महासंघका उपाध्यक्ष रमेश पोख्रेलले टीप्पणी गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *