सुनसरीको १४औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । बचत तथा ऋण सहकारी संघ लि. सुनसरीको १४ औं वार्षिक साधारण सभा तथा १६ औं स्थापना दिवस नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यता तथा बचत संघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको थियो । उक्त सभामा प्रमुख अतिथि पौडेलले साकोसहरुको वृद्धि र विकास, साकोस अभियानको सबलीकरण र त्यसमार्फत सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उत्थान एवम् नीति, विधि र प्रविधियुक्त बनाउन नेफ्स्कून सबै साकोसहरु सँगसँगै रहेको बताउनुभएको थियो ।

उक्त सभामा सहकारी अभियन्ता सम्मान पूर्वाञ्चल साकोस इटहरीका अध्यक्ष दिनेशकुमार भट्टराईलाई र उत्कृष्ट बचतकर्ता सम्मान बराह क्षेत्रस्थित पिपलबोट साकोसलाई प्रदान गरिएको थियो भने उत्कृष्ट सेयर खरिदकर्ता सम्मान आशिष साकोस धरानलाई प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कर्मचारी व्यवस्थापक सम्मान समन्वय साकोस खनारका व्यवस्थापक पलहद साहा र स्थानीय तहगत कर्मचारी अन्तर्गत कृष्णकुमार चौधरीलाई प्रदान गरिएको थियो ।

सो साधारण सभामा संघका सचिवले वार्षिक प्रतिवेदन तथा अनुमानित आय-व्यय विवरण प्रल्हाद दाहालले प्रस्तुत गर्नुभएको बचत संघ सुनसरीका लेखापाल खगेन्द्रप्रसाद अधिकारीले साकोस आवाजलाई जानकारी गराउनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन