पोखरामा साकोसहरुका लागि स्तरीकरण अभिमुखीकरण

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा पोखरामा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि स्तरीकरण अभिमुखीकरण सम्पन्न भएको थियो । उक्त कार्यक्रमको उद्घाटन नेफ्स्कूनका सञ्चालक सदस्य एवं पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डीप्रसाद शर्मा पौडेलले गर्नुभएको थियो भने सो कार्यक्रममा सञ्चालक सदस्य चण्डीप्रसाद शर्मा पौडेलले एक्काइसौँ शताब्दीमा पनि सहकारीको शक्ति र सामर्थ्यालाई पहिचान गराउन र सहकारीको मूल्य मान्यतालाई बुझाउन सकियो भने मात्र सहकारी अभियान सफल हुने धारणा राख्नुभएको थियो ।

त्यसैगरी कास्की बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष भेषराज बरालले सहकारीमा सुशासन कायम गर्न र अहिलेको प्रतिस्पर्धात्मक बजारमा सदस्यमुखी सेवा र संस्थागत गुणस्तरमा सहकारी नै अग्रसर हुनुपर्ने बताउनुभएको थियो भने कोअपरेटिभ क्लब कास्कीका अध्यक्ष अपिल कोइरालाले नेफ्स्कूनद्वारा सञ्चालित सहकारी संस्थाको गुणस्तर बृद्धि कार्यक्रमहरु सहकारी सञ्चालनका मेरुदण्ड बनेको र वित्तीय सहकारीमा जानेर वा नजानेर हुने गलत कार्य निरुत्साहित गर्नुका साथै समयसापेक्ष नीति, विधि र प्रविधिलाई जोड दिई सहकारी विकासको भूमिकामा महत्वपूर्ण योगदान दिएको बताउनुभएको थियो ।

उक्त बचत तथा ऋण सहकारी संस्थाहरुमा विद्यमान जोखिम न्यूनीकरण गरी गुणस्तर सुधार र सुशासन कायम गर्ने उद्देश्यसहित साकोसहरुलाई नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरण कार्यक्रम आबद्धताका लागि आव्हान गर्दै पोखराका ३२ बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक एवम् पोखरा फिल्ड संयोजक चण्डीप्रसाद शर्माले गर्नुभएको र नेफ्स्कूनकी सञ्चालक कमलादेवी गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरतप्रसाद न्यौपानेले र सञ्चालन पोखरा फिल्ड कार्यालय प्रमुख यामकला सुवेदीले गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *