काठमाडौं । डल्लु एकता साकोस, काठमाडौंकोे आयोजनामा साकोस जोखिम सुपरीवेक्षण तथा अनुगमन कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला नेफ्स्कूनका कोषाध्यक्ष एवम् कास्कूनका अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त साकोसका नवनिर्वाचित अध्यक्ष लक्ष्मी नारायण नेपालीको सभापतित्वमा सम्पन्न कार्यशाला गोष्ठीमा काठमाडौँमा सञ्चालित ११ वटा साकोसहरुबाट साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने साकोसका सचिव अर्जुन विश्वकर्माले सञ्चालन गर्नुभएको सो कार्यशाला गोष्ठीमा साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका सदस्यहरू, कर्मचारी एवम् सदस्यहरू र अन्य साकोसका प्रतिनिधिहरु सहित ३७ जनाको सहभागिता रहेको थियो ।
नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध साकोस प्रतिनिधिहरु क्रमशः धादिङ्ग मण्डली साकोसका कार्यवाहक व्यवस्थापक अनिल तामाङ, भृकुटी मण्डप साकोसका व्यवस्थापक पुरुषोत्तम रिमाल, देग साकोसका व्यवस्थापक हरिभक्त महर्जन, चौतारी साकोसका कर्मचारी सरस्वती सिंखडा, कदर साकोसका व्यवस्थापक बलराम डंगोल, शुभ सेवा साकोसका व्यवस्थापक अरुण डंगोल लगायतले आ–आफ्ना साकोसमा भएका क्रियाकलापहरू तथा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने आयोजक साकोसका व्यवस्थापक सुदर्शन आचार्यले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी नेफ्स्कूनका कार्यक्रम अधिकृत सोभिता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदीले कर्ब्स कार्यक्रमको पृष्ठभूमी लगायत संस्था सञ्चालनमा आइपर्ने समस्या, त्यसको समाधानका उपायहरु तथा सल्लाह-सुझावका साथै विभिन्न साकोसहरूको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
Leave a Reply