ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ईटहरी शाखा कार्यालय स्थानान्तरण भएको थियो । सुनसरी जिल्लाको ईटहरी स्थित विराटनगर लाईनमा रहेको कार्यालय हाल ईटहरी पश्चिम लाईनमा स्थानान्तरण भएको थियो भने स्थानान्तरण भएको शाखा कार्यालयको बैंकका अध्यक्ष के.बी उप्रेतीले रिवन काटेर उद्घाटन गर्नुभएको थियो । उहाँले जस्तो सुकै अवस्थामा पनि बैंकले सहकारी संघ-संस्थाहरुको आवश्यकता पुरा गर्न हर्दम तत्पर रहेको भन्दै सहकारी संघ-संस्थाको हरेक समस्या सहकारी बैंकले समाधान गर्ने उल्लेख गर्दै बैंकका संचालक अमृता सुब्बाले सम्पूर्ण सहकारी संघ-संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंकमै वित्तीय कारोवार गर्न आग्रह समेत गर्नुभएको थियो ।
त्यसैगरी बैंकको ईटहरी शाखा समन्वय उप-समितिका संयोजक सोमबहादुर श्रेष्ठले बैंकको वित्तीय कारोवार वृद्धिका लागि कर्मचारीहरुलाई अहोरात्र खट्न आग्रह गर्दै हरेक परिस्थितिमा शाखा समन्वय उप-समितिका सदस्यहरुले शाखा कार्यालयका कर्मचारीलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले राख्नुभएको थियो भने कार्यक्रमको संचालन शाखा प्रमुख, चिरन्जीवि तिमिल्सिनाले गर्नुभएको थियो ।
त्यसैगरी बैंकका अध्यक्ष के.बी उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संचालक अमृता सुब्बा, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड. सुनसरीको अध्यक्ष एवम् राष्ट्रिय सहकारी बैंक लि. ईटहरी शाखा समन्वय उपसमितिका सदस्य केदारप्रसाद न्यौउपाने लगायतको आतिथ्यता रहेको थियो ।
Leave a Reply