काठमाडौं । सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंको १६औं वार्षिक साधारणसभा पूर्व सहकारी मन्त्री माननीय पद्मा अर्यालको प्रमुख आतिथ्यातामा सम्पन्न भएको थियो । उक्त साधारण सभाको पहिलो सत्रमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा थाम्सुहाङ सुब्बा र सञ्चारकर्मी पूर्व नेपाल सुन्दरी सुगारिका के.सी.ले प्रशिक्षण प्रदान गर्दै उत्प्रेरणामुलक तथा नेतृत्व विकास बारेमा प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रममा बालबचतकर्ता बाबुनानीहरुलाई गितार तथा उत्कृष्ट सदस्यहरुलाई सम्मान प्रदान गर्दै कार्यक्रममा सहकारी बैंकका सञ्चालक सरिता भट्टराईले उद्यमशिलता अभिवृद्धि सम्बन्धी प्रशिक्षण मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईंले संस्थाको लेखा समितिमा रिक्त पदमा निर्वाचन संयोजकको भूमिका समेत निभाउदै निर्वाचित लेखा संयोजक विपिन कार्की र सदस्य सकिला निरौलालाई निर्वाचित घोषणा गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो । त्यसैगरी प्रमुख अतिथि पूर्वमंत्री माननीय पद्मा अर्यालले सदस्यको सशक्त भूमिका चनाखो भएर निभाउन अनुरोध गर्दै र संस्थाको सञ्चालक समितिलाई जिम्मेवारी पूर्वक सञ्चालनको लागि सचेत गराउनुभएको थियो भने कार्यक्रममा माननीय पद्मा अर्याललाई नेकपा एमालेको सचिवमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्दै सम्मान समेत गरिएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बानेश्वर शाखाका प्रमुख विष्णु गिरी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । ४ हजार ५ सय ९३ सदस्य रहेको सहयात्री साकोसले २७ करोड बराबरको कारोबार गर्दै ५९ लाख २० हजार खुद मुनाफा गर्न सफल भएको थियो भने कार्यकारी अध्यक्ष खेम सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष नृपेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।
Leave a Reply