साकोसको जोखिम व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. स्याङ्गजाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा दुई दिने साकोसको जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको थियो । उक्त तालिममा स्याङ्गजाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २१ जनाको सहभागिता रहेको थियो । त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि. स्याङ्गजा र नेफ्स्कूनविच भएको साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न भएको तालिमको उद्घाटन स्याङ्गजा कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले गर्नुभएको थियो भने समापन जिल्ला वचत संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता र प्रमुख अतिथी स्याङ्गजा पुतलिबजार नगरपालिकाका मेयर सिमाकुमारी क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त तालिमको समापन गर्दै मेयर क्षेत्रीले साकोसहरुमा आउन सक्ने जोखोमिहरुलाई न्यूनिकरण गर्नका लागि यस्ता तालिम निकै महत्पूर्ण रहेको र स्याङ्गजामा केही संस्थाहरु सहकारीको मूल्य मान्यता विपरित सञ्चालन गरेको गुनासो आफुलाई आएको जानकारी गराउँदै उहाँले यस नगरपालिकाले पालिका भित्र सञ्चालित साकोसको सञ्चालन, व्यवस्थापन सुरक्षित र सुव्यवस्थित बनाउनका लागि नेफ्स्कूनसँग आधारशिला कार्यक्रममा सम्झौता गरी कार्यक्रम अगाडि बढेको र छिटै त्यसको नतिजा देखापर्ने कुरा समेत जानकारी गराउनुभएको थियो ।

त्यसैगरी तालिमको समापन गर्दै जिल्ला वचत संघका अध्यक्ष श्रेष्ठले संघले जिल्लामा रहेका साकोसका समिति तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका तालिमहरु सञ्चालनका लागि आग्रह गर्दै तालिमबाट प्राप्त उपलब्धिहरुलाई संस्थामा कार्यान्वयनमा ल्याउन अनुरोध गर्नुभएको थियो भने तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो ।

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *