सिन्धुलीमा सञ्चालक क्षमता अभिवृद्धि तालिम सुरु

सिन्धुलीमाडी । सिन्धुली बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा सञ्चालक क्षमता अभिवृद्धि तालिम सिन्धुली माडीमा सुरु भएको थियो । त्यसैगरि योग्य सञ्चालकका लागि आवश्यक ज्ञान र सीप उपलब्ध गराउने उद्धेश्यले सञ्‍चालित तालिममा २३ सहकारी संस्थाबाट २४ जनाको सहभागिता रहेको थियो ।

उक्त संघकी अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा संघका पूर्व अध्यक्षहरु रामप्रसाद भण्डारी र पार्वती भण्डारी सहित महासचिब मिथुला घिमिरे, कोषाध्य्क्ष कृष्णहरि कोइराला, सञ्चालकहरू बद्रीनारायण श्रेष्ठ र मोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो भने सो तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमिल्सिनाले गर्नुभएको थियो ।

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *