सिन्धुली बचत संघको १४औं बार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । जिल्लाको बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघको रुपमा रहेको सिन्धुली बचत तथा ऋण साहकारी संघको १४औं बार्षिक साधारणसभा सिन्धुली माढीमा सम्पन्न भएको थियो । संघकी अध्यक्ष बालकुमारी श्रेष्ठ बिमलाको सभापतित्व र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकर राजतिवारी वर्माको प्रमुख आतिथ्यमा उक्त सभाको उद्घाटन भएको थियो भने प्रमख अतिथि बर्माले सहकारी अभियानलाई क्रियाशिल र सुव्यस्थित बनाउँदै अगाडि बढ्ने दौरानमा आफ्नो व्यक्तिग तथा संस्थागत साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी संघको विकास र प्रवर्धनका लागि सञ्चालकहरु क्रियाशिल र अझ सशक्त ढंगले लाग्नुपर्नेमा सहभागी बक्ताहरुले जोड दिनुभएको थियो । उक्त संघको अध्यक्षबाट संस्थाको प्रगति प्रतिवेदन, लेखा सुपरीवेक्षण समिति संयोजक शम्भुप्रसाद गजुरेलबाट लेखा समितिको प्रतिवेदन र कोषध्यक्ष कृष्णहरि कोइरालाबाट आर्थिक वर्ष २०७७/०७८ को कारोबार विवरण प्रस्तुत गर्नुभएको थियो भने संघले गत आ.व.मा करिब १ करोड ८९ लाख २५ हजार बराबरको कारोबार मार्फत रु २ लाख ८३ हजार खुद नाफा गर्न सफल भएको प्रतिवेदनमार्फत प्रस्तुत गरिएको थियो ।


उक्त संघमा आबद्ध जिल्लाका ७३ बचत तथा ऋण सहकारी संस्थाहरु मध्येबाट सभामा ४० बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संघले यस वर्ष विभिन्न विधामा उत्कृष्ट हुन सफल सदस्य संस्था र संघको विकासमा उल्लेखनीय योगदान रहेका व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो जसअन्तर्गत सिन्धु साकोस, सिद्धबाबा साकोस, कपिलेश्वर महिला साकोस र मिलिजुली सकोसलाई उत्कृष्ट संस्था सम्मान प्रदान गरिएको थियो । त्यसैगरी संघको स्थापना र विकासमा उल्लेखनीय योगदान गर्नुहुने पूर्व अध्यक्षहरु नवराज पौडेल, रामप्रसाद भण्डारी र पार्वती भण्डारीलाई सम्मान गर्दै संघका महासचिव मिथिला घिमिरे प्याकुरेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सञ्चालक लोकमणि तिमिल्सिनाले स्वागत गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न