काठमाडौं । प्रदेश नं- २ को पूर्वि तराई जिल्लाले परिचित सिरहाको सिरहा नगरपालिका र नेफस्कूनबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको थियो । उक्त नगरपालिकाको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सम्झौता हस्ताक्षर तथा आदानप्रदान सम्पन्न भएको थियो भने कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत गौतम शाह र सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव साथै प्राविधिक अधिकृत प्रमेश्वर यादवले आधारशिला कार्यक्रमको सम्झौता आदानप्रदान गर्नुभएको थियो । त्यसैगरी नेफ्स्कूनले गत बर्षदेखि सुरुवात गरेको आधारिशला कार्यक्रमको उद्देश्य स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा स्थानीय सहकारीहरुको प्रर्वधन तथा व्यवसायिक विकास कार्यक्रममार्फत पहुँच वृद्धि गर्ने, ती संस्थाहरुको दीगो संस्थागत विकासमा सहयोग तथा सहजीकरण गर्ने, सहकारी शिक्षा तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने, उद्यमशीलता विकास प्रवर्धनमा सहयोग तथा सहजीकरण गर्ने र सहकारी सञ्जालमा आबद्धतामार्फत सुशासन सुनिश्चितताका लागि सहजीकरण गर्ने लगायतका रहेका थिए ।
त्यसैगरी सम्झौता अनुसार नगरपालिका भित्र सञ्चालित सबै प्रकृतिका सहकारीहरुको जागरण, प्रवर्धन र सञ्जालीकरण विकास मार्फत सहकारीको सवलीकरण र सुदृढीकरणको अभ्यासमा नेफ्स्कूनले प्राविधिक सहयोग तथा सहजीकरण गर्ने बताएको थियो ।
Leave a Reply