पिपलबोट साकोसको १९औं बार्षिक साधारण सभा सम्पन्न
सुर्खेत । जिल्लाको वीरेन्द्रनगरस्थित पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि. कोे १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त सभामा संस्थाका अध्यक्ष टेकराज कोइरालाले बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन तथा आगामी बर्षको बजेट प्रस्तुत गर्नुभएको थियो भने स्थानीय समाजसेवी नेत्रबहादुर कार्की सहित २७ जनाको समुहद्वारा आजभन्दा २० बर्ष अगाडि उक्त संस्था स्थापना भएको र संस्थामा हाल १ हजार ८ सय २८ सदस्य रहेका छन् भने संस्थागत कुल पुँजी १३ करोड २३ लाख पुगी २ हजार ७ सय रुपैंयाबाट सुरु भएको संस्थाले आज सहकारीका मूल्य, मान्यता, नीति, विधि अनुरुप कारोबार सञ्चालन गर्दै अगाडि बढेको संस्थाका सचिव मनिराम भण्डारीले जानकारी गराउनुभएको थियो ।
सो साधारणसभाले बलबहादुर सार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो भने उहाँकै अध्यक्षतामा गठिन नौ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा मनिराम भण्डारी, सचिवमा गणेशमान खनाल र कोषाध्यक्षमा खेमराज रावत चयन हुनुभएको थियो ।
त्यसैगरी सदस्यहरुमा सरिता बुढाथोकी, तारा बिष्ट, अशोककुमार गाहा मगर, मानबहादुर बसेल र रेशमप्रसाद ढकाल निर्विरोध चयन हुनुभएको छ । यस्तै डिल्लीराम लम्सालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिएको थियो भने सुपरीवेक्षण समितिमा सरिता पन्त कंडेल र किरण किशोर सापकोटा सदस्य चयन हुनुभएको छ ।