मातृभूमी साकोस लमहीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । दाङको लमही न.पा-५ मा मुख्य कार्यालय रहेको तेजस्वी मातृभूमी बचत तथा ऋण सहकारी संस्था लि. को एकीकरण पछिको दोस्रो साधारणसभा सम्पन्न भएको थियो । उक्त साधारणसभाको पहिलो दिन राप्ती गा.पा-८, नयाँबजार, दोस्रो दिन गढवा गा.पा-६ र अन्तिम दिन लमहीमा आयोजना गरी सम्पन्न गरिएको थियो भने साकोसका अध्यक्ष जोगमान खड्काको अध्यक्षता, संस्थाका सल्लाहकार एवम् कृषि विशेषज्ञ ईन्द्रबहादुर वलीको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी बैँक दाङका शाखा प्रमुख डिल्लीराज दहालको विशिष्ठ आतिथ्यतामा अन्तिम दिनको कार्यक्रम सम्पन्न भएको थियो

त्यसैगरी २०७६/०७/०३ मा साविक तेजस्वी बचत तथा ऋण सहकारी संस्था लि. र साविक मातृभूमी बचत तथा ऋण सहकारी संस्था लि. एकीकरण भई दाङ जिल्लाकै प्रथम एकीकृत साकोसको रुपमा स्थापित संस्थाको आ.व. ०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिब ऋषिराज रावत क्षेत्री र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सिर्जन भट्टराईले पेश गर्नुभएको थियो भने आ.व. ०७७/०७८ मा कुल रु.१० करोड ८७ लाख ५१ हजार ४ सय ८१ वासलात रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको साधारण सभामा चालु आ.व. को अन्तसम्ममा संस्थाको वासलात १५ करोड पुर्याउने गरी योजना प्रस्तुत गरिएको थियो ।

संस्थागत सुदृढीकरण र संस्थागत पुँजी बृद्धिलाई प्रमुख प्राथमिकतामा राखी निकट भविष्यमै देउखुरी क्षेत्रको उत्कृष्ट संस्थाको रुपमा स्थापित हुने लक्ष्यका साथ अघि बढेको संस्थामा हाल विभिन्न कोषमा गरी रु.१ करोड ३९ लाख ४२ हजार ७ सय ५२ रहेको र आ.व ०७७र०७८ का लागि जम्मा ५ प्रतिशत मात्र शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको र सभाले आफ्नै भवन निर्माणको उद्देश्यका साथ यस बर्ष पुँजीगत खर्चतर्फ जग्गा खरिदका लागि जगेडा कोष र घरजग्गा कोषको उचित व्यवस्थापन मार्फत् रु.६० लाख बराबरको बजेट पारित गरेको थियो । उक्त संस्थाले “उज्यालो भविष्य बचत सञ्चालन कार्यविधि”, “संरक्षित पुँजी फिर्ता कोष वितरण कार्यविधी” र “सदस्य सुरक्षण कार्यविधी” गरि जम्मा ३ वटा कार्यविधी समेत पारित गर्दै नरबहादुर डि.सी.को संयोजकत्वमा केशब घिमिरे र सन्तोष गौतम सदस्य रहने गरी ३ सदस्यीय लेखा सुपरीवेक्षण समित पुर्नगठन गरेको थियो भने सभाबाटै ईन्द्रबहादुर वलीको संयोजकत्वमा जगतराम यादव र बसन्तप्रकास चौधरी सदस्य रहेको ३ सदस्यी शिक्षा उपसमिति समेत चयन गरेको थियो ।

त्यसैगरी विभिन्न चरणमा सम्पन्न साधारणसभामा प्रत्येक केन्द्रबाट कम्तिमा ३ जना प्रतिनिधि छनोट गरी निर्णय पुस्तिकामा अन्तिम हस्ताक्षर गर्ने व्यवस्था गर्दै साधारणसभाको अवसरमा संस्थामा कार्यरत कर्मचारी प्रियङ्का जैसी पोख्रेललाई बर्षको उत्कृष्ट कर्मचारीको उपाधिद्वारा सम्मानित गरिएको थियो भने ११ जना सदस्यलाई उत्कृष्ट बचतकर्ता सदस्य, ६ जना सदस्यलाई उत्कृष्ट ऋण भुक्तानीकर्ता सदस्य र १ जना सदस्यलाई उत्कृष्ट सदस्य बृद्धिकर्ता सदस्यको रुपमा सम्मानित गरिएको थियो । उक्त संस्थाकी उपाध्यक्ष गिरिजा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संस्थाका हरिबहादुर थापा, पार्वती भुसाल, कुलाराज भट्टराई, जगतराम यादव, हरिबहादुर कुँवर, डिल्लिराज दहाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिब ऋषिराज रावत क्षेत्रीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न