सम्पत्ति शुद्धिकरण निवारण तथा जोखिम बिश्लेषण तालिम सम्पन्न


राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दुई दिवसीय सम्पत्ति शुद्धिकरण निवारण तथा जोखिम बिश्लेषण तालिम सम्पन्न भएको थियो । उक्त तालिमको समापनका अवसरमा महासंघका अध्यक्ष मिनराज कंडेलले बित्तीय कारोबार गर्ने सहकारी संघ(संस्थाहरुमा सम्पत्ति शुद्धिकरण गराउन सक्ने जोखिमको सम्भावना हुने भएकोले सहकारी संघ(संस्थाहरुका लागी सम्पत्ति शुद्धिकरण निवारण तथा जोखिम बिश्लेषण तालिम महत्वपूर्ण भएको बताउनुभएको थियो भने अर्थतन्त्रको तिन खम्बा मध्ये एक खम्बा सहकारी भएकोले सहकारी क्षेत्रमा सम्पत्ति शुद्धिकरणको जोखिम भित्रिन नदिन सबै सहकारी संघ(संस्थाले सम्पत्ति शुद्धिकरण निवारण ऐन कार्यन्वयन गर्नुपर्ने र अनिवार्य रुपमा कम्प्लायन अफिसर तोक्नुपर्ने बिचार समेत व्यक्त गर्नुभएको थियो ।

उक्त तालिमको समापन समारोहमा बोल्दै महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सहकारी संघ(संस्थाको सवलीकरणका लागी राष्ट्रिय सहकारी महासंघले रणनीतिक तथा व्यवसायिक योजना, नेतृत्व रुपान्तरण लगायतका थुप्रै तालिमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको जानकारी गराउदै सहकारी संघ(संस्थाहरुले सम्पत्ति सुद्धिकरण निवारण ऐन, नियमावली र निर्देशनका आधारमा आन्तरिक नीति र कार्यविधि बनाई कार्यान्वयनलाई जोड दिनुभएको थियो भने उक्त अनुसन्धान विभागका प्रकाशचन्द्र सापकोटाले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलाप नियन्त्रणमा कानूनी व्यवस्था र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान तथा न्यायीक दृष्टिको बिषयमा समेत प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी सम्पत्ति शुद्धिकरण बिरुद्धका औजार, पद्धती यसको प्रयोग र सहकारी संघ(संस्थालाई जारी गरिएको निर्देशन र रिपोटिङ्ग, जोखिम मूल्याङन तथा व्यवस्थापन बिषयमा अर्थमन्त्रालय वित्तिय बिश्लेषण महाशाखाका उपनिर्देशक हरि नेपालले प्रशिक्षण दिनुभएको थियो भने नेपाल राष्ट्र बैक बित्तिय जानकारी एकाइका उपनिर्देशक स्वरुप श्रेष्ठले सहकारीमा गो ए एम एलको कार्यन्वयन सम्बन्धी प्रशिक्षण गर्दै तालिममा सहभागीको तर्फबाट बोल्दै जनसेवक साकोस रुपन्देहीका माधवप्रसाद कोईरालाले तालिम अत्यन्तै महत्वपूर्ण र समय सान्दर्भिक रहेको बताउनुभएको थियो ।

त्यसैगरी रमाईलो साकोसका कृष्णकुमारी अधिकारीले सहभागीको तर्फबाट बोल्दै महासंघले आयोजना गर्ने यस्ता महत्वपूर्ण तालिममा कुनै पनि सहकारी संघ-संस्थाहरुले छुटाउनु नहुने भन्दै आगामी दिनमा महासंघले यस्ता तालिम क्षेत्रगत रुपमा पनि आयोजना गर्न सुझाव समेत दिनुभएको थियो । उक्त दुई दिवसीय तालिममा देशभरीका विभिन्न सहकारी संघ-संस्थाबाट २९ जना सहभागीहरुको सहभागीता रहेको थियो भने तालिम समापन कार्यक्रमको सहजीकरण महासंघका तालिम विभागका कर्मचारी देवीमाया वास्कोटाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न