काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. कास्कूनको आयोजना र नेफ्स्कूनको साझेदारीमा दुई दिवसीय सञ्चालन तथा कानुनी जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको थियो । उक्त तालिम समापन कार्यक्रमका अध्यक्ष कास्कून सञ्चालक एवं कार्यक्रम तथा शिक्षा उपसमिति संयोजक पुरुषोत्तम नेपालले बचत तथा ऋण सहकारी संस्थाहरु जोखिमका विभिन्न क्षेत्रबाट प्रभावित हुने बताउँदै संस्थाका सञ्चालक समिति, उपमितिहरु, व्यवस्थापन र सदस्यहरुले आफ्नो कर्तव्य र जिम्मेवारी पालना गर्न सके आन्तरिक नियन्त्रणको रुपमा कार्य भई जोखिम न्युनिकरण गर्न सकिने बताउनुभएको थियो ।
नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले सहजीकरण गर्नुभएको तालिम कार्यक्रमको समापनमा प्रतिक्रिया राख्दै प्रतिनिधि सहभागीहरुले आगामी दिनमा सदस्य संस्थाहरुको माग तथा आवश्यकताका आधारमा तालिम कार्यक्रमहरुको विकास गर्न कास्कूनलाई सुझाव दिनुभएको थियो भने कार्यक्रममा समापन अध्यक्ष तथा सहजकर्ताले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै समापन कार्यक्रम कास्कूनका तालिम अधिकृत लव सिंखडाले सञ्चालन गर्नुभएको थियो ।
Leave a Reply