एक्सेस कार्यक्रमको समीक्षा बैठक अभौतिक रुपमा सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र एशियाली ऋण महासंघ अकूको प्राविधिक सहकार्यमा साकोसहरुमा सञ्चालित गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस ब्राण्डिङ कार्यक्रममा आवद्ध एवं ब्राण्डेड संस्थाहरुबीच छलफल एवं अनुभव सिकाई आदानप्रदान कार्यक्रम अभौतिक रुपमा सम्पन्न भएको थियो । त्यसैगरी नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको अध्यक्षतामा सञ्चालित उक्त कार्यशालामा २४ वटा संस्थाबाट ६० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत इलेनिता सान्रोकेले कोभिड १९ महामारीपश्चात संस्थाहरुले भोगेका समस्याहरुमा छलफल गर्दै बचतको सुरक्षा नै संस्थाको मूल दायित्व भएकोले  यसतर्फ सबै संस्थाहरुले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

त्यसैगरी अकूका चिफ टेक्निकल एड्भाईजर रञ्जित हिताराचिले नेपालको एक्सेस कार्यक्रममा आवद्ध संस्थाहरुले विषम परिस्थितिमा पनि व्यवसाय निरन्तरतालाई कायम राख्न सकेकोमा खुसी व्यक्त गर्दै अब संस्थागत सुदृढीकरणका लागि शुद्ध संस्थागत पूँजीमा सुधार ल्याउन सबै साकोसहरुलाई आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेल, सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालसँगै बरिष्ठ अधिकृत तथा अधिकृतहरुको समेत सहभागिता रहेको थियो  सो कार्यक्रम समापन गर्दै नेफ्स्कून अध्यक्ष परितोष पौडेलले नेपालमा हाल देखिएको तरलता संकटबाट जोगिन सबै साकोसहरुको ध्यानाकर्षण गराउदै यस कार्यशाला गोष्ठीले संस्थागत सुदृढीकरणका लागि ४ बुँदे मार्गदर्शन समेत जारी गरेको थियो ।

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *