काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त साधारणसभाका अवसरमा साकोसको नवनिर्मित भवनको उद्घाटन समेत भएको थियो भने सो नवनिर्मित भवनको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो ।
त्यसैगरी साकोसको ४ तले निर्माणाधिन भवनको ३ तलाको सम्पूर्ण काम सम्पन्न भएसँगै उक्त साधारणसभाको अवसर पारेर भवनको औपचारिक उद्घाटन भएको संस्थाका व्यवस्थापक जगनाथ पौडेलले जानकारी गराउनुभएको थियो भने सभाले पुनसर्वजित गुरुङको अध्यक्षतामा ११ सदस्यीय सञ्चालन समिति र मिरा आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत निर्वाचित गरेको थियो ।
Leave a Reply