धादिङ जिल्ला बचत संघको १७औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको १७औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त बचत संघका अध्यक्ष टापबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारी हुनुभएको थियो थियो भने अधिवेशन सहितको सभाले नवराज शर्माको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र इन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरिएको थियो ।

त्यसैगरी नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा सिता दुवाडी खनाल, उपाध्यक्षमा चमेली वगाले काप्री, सचिवमा शान्त विक्रम वानिया, कोषाध्यक्षमा अर्जुन आचार्य, सदस्यहरुमा अर्जुन सापकोटा, उमा सिंखडा नेपाल, कृष्णप्रसाद सिलवाल, तारामाया लामा, फुलचन्द्र श्रेष्ठ र तुलसी प्रसाद अधिकारी निर्वाचित हुनुभएको थियो भने लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रबहादुर श्रेष्ठ, सदस्यहरुमा वासुदेव कडेल र नविनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *