गोङ्गबुसिद्धि साकोसको २८औं बार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । टोखा न.पा.वडा-नं ९ सिद्धिटोल गोंगबुमा अवस्थित गोङ्गबुसिद्धि बचत तथा ऋण सहकारी संस्थाको सम्पन्न २८औं बार्षिक साधारणसभाले पूर्ण प्रजापतिको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको थियो । उक्त संस्थाका अध्यक्ष गोबिन्द महर्जनको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो भने कार्यक्रममा नेफ्स्कूनका पूर्व प्रशासन प्रमुख शिव अधिकारी, नेफ्स्कून गोंगबु फिल्ड कार्यालय इन्चार्ज प्रकाश अधिकारी लगायत स्थानीय सहकारी प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।

उक्त साकोसको चार वर्षको लागि निर्वाचित नयाँ सञ्चालक समितिमा पूर्ण प्रजापतिको नेतृत्वमा सदस्यीय संचालक समिति र ३ सदस्यी लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन भएको थियो भने नवनिर्वाचित समितिको उपाध्यक्षमा शम्शेरबहादुर गाईजु, सचिवमा नरेन्द्र मान नकर्मी र कोषाध्यक्षमा पूर्णकाजी प्रजापति रहनुभएको थियो । त्यसैगरी सदस्यहरुमा जयमान महर्जन, शान्तिदेवी बज्राचार्य, निराजनकुमार महर्जन, सत्यलक्ष्मी महर्जन, अजय महर्जन निर्वाचित हुनुभएको थियो भने नेफ्स्कूनका पूर्व प्रशासन प्रमुख शिव अधिकारी प्रमुख निर्वाचन अधिकृतको भूमिकामा रहेर निर्वाचन कार्यक्रम सम्पन्न साथै नयाँ समितिलाई सपथ समेत खुवाउनुभएको थियो ।

सो साधारणसभामा संस्थाका अध्यक्ष गोबिन्द महर्जनले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, सचिव नरेन्द्रमान नकर्मीले प्रस्तुत गर्नुभएको भावी योजना, कोषाध्यक्ष पूर्णकाजी प्रजापतिले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन र भावी बजेट तथा लेखा सुपरिवेक्षण समितिका सदस्य नविन डंगोलले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन सर्वसहमत रुपले पारित गर्दै आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको शेयर पूँजी २,४९,९२,६०० , बचत निक्षेपमा २९,७९,२४,६४१.७७ पुगेको र यसअवधिमा संस्थाले २७,५५,४८,३४५.७२ कर्जा लगानी गर्न सफल भएको थियो भने त्यस्तै संस्थाको जगेडाकोष र अन्य कोषहरुमा १,८६,२८,००५.९८, कर्जा जोखिम कोषमा २,०७,१७,५८३.३१ रहेको थियो ।

उक्त संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ३७,७८,४४,७९४.३६ कुल कारोबार गरेको सो सभामा जानकारी गराईएको थियो भने संस्थाले ज्येष्ठ सदस्य बृद्ध–बृद्धा सम्मान, एसईईमा उर्तिण विद्यार्थीहरुलाई सम्मान तथा आवधिक बचत कर्ताहरुलाई सम्मान गर्दै संस्थाको वार्षिक साधारणसभा सञ्चालन संस्थाका सचिव नरेन्द्रमान नकर्मीबाट र स्वागत कार्यक्रम संस्थामा सदस्य शम्शेर बहादुर गाईजुबाट भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन