सञ्चालक र कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न


मकवानपुर । मकवानपुरगढी गाउँपालिका-५ स्थित महिला कल्याण साकोसका सञ्चालक र कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न भएको थियो । उक्त तालिममा ग्रामिण महिला सेवा केन्द्रमा सञ्चालित तालिममा १८ जनाको सहभागिता रहेको थियो भने नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको र तालिममा उद्घाटन कार्यक्रम समापन मन्तव्य राख्दै संस्थाकी अध्यक्ष देवकी चौलागाईले तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रमका अतिथिहरुमा पूर्वअध्यक्ष एवम् लेखा सुपरिवेक्षण समिति संयोजक सुलोचना स्याङ्ताङ र नेफ्स्कूनका तालिम अधिकृत एवम् सहजकर्ता सुमनराज घिमिरे रहनुभएको थियो । उक्त संस्थाकी उपाध्यक्ष पार्वती फुयालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सरिता ढुङ्गानाले गर्नुभएको थियो ।

तालिमको समापन कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत विदूर खड्का पनि सहभागी हुनुभएको थियो भने समापनमा मन्तव्य राख्दै सहजकर्ता घिमिरेले तालिममा सिकेका विषयहरुलाई व्यवहारमा नउतारेसम्म तालिमको सार्थकता नहुने भन्दै साकोसको व्यावसायिक सफलताको शुभकामना समेत दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन