बुटवल । लुम्बिनी प्रदेश बचत संंघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा साकोस अभियानमा प्रदेश संघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको थियो । उक्त अन्तरक्रियामा नेफ्स्कूनका पूर्वप्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, रुपन्देही जिल्ला बचत संघका अध्यक्ष प्रकाश भट्टराई, नवलपरासी बचत संघका अध्यक्ष राजन आचार्य, नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमला लगायतकाहरु अतिथि रहनुभएको थियो ।
सो कार्यक्रमका सहजकर्ता सापकोटाले साकोस अभियानमा प्रदेश संघको भूमिका विषयक प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रमका विभिन्न प्रारम्भिक संस्थाका अध्यक्ष, व्यवस्थापक, जिल्ला संघका प्रतिनिधि, प्रदेश संघका पदाधिकारी एवं संञ्चालक गरी ५२ जनाको सहभागिता रहेको संघकी व्यवस्थापक तारा अर्यालले जानकारी दिनुभएको थियो ।
त्यसैगरी कार्यक्रमका सहभागीहरुका जिज्ञासाहरुको सम्बोधन प्रदेश संघका अध्यक्ष कृष्ण नेपाल र सहजकर्ता सापकोटाले गर्नुभएको थियो भने प्रदेश संघका महासचिव ऋषि सापकोटाले संञ्चालन गरेको कार्यक्रममा प्रदेश संघका सचिव डम्बर ढकालले स्वागत मन्तव्य र कोषाध्यक्ष प्रेम गुरुङले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply