चन्द्रागिरि साकोसको आयोजनामा २८ औं सिकाइ कार्यशाला सम्पन्न


काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा २८ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला, २०७८ सम्पन्न भएको थियो । उक्त एक्सेस ब्राण्डिङ कार्यक्रमको तेश्रो मध्य क्षेत्रमा सम्मिलित १२ वटा संस्थाहरुको सहभागितामा उक्त कार्यक्रम सञ्चालन भएको र सो कार्यक्रममा सहभागी संस्थाहरुले आ-आफ्ना संस्थाको पछिल्लो प्रतिवेदनहरु प्रस्तुत गर्दै हालको वित्तीय बजारको समीक्षा गरेका थिए भने तरलता संकुचन, ऋण मागको चाप, समाचारमा आएका केही सहकारी संस्थाहरुको गलत अभ्यासका कारण वर्तमान समयमा सामना गर्नुपरेको चुनौतीका विषयमा समेत कार्यक्रममा समीक्षा गरिएको थियो

त्यसैगरि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले कार्यक्रम उद्घाटन गर्नुभएको थियो । एफ.डब्लु राइफाइसनको थ्री एस (Self-Help, Self-Governance and Self-Responsibility) सुत्र लगायत सदस्य सुरक्षाका सिद्धान्त तथा नेपालको सन्दर्भमा सन्दर्भ ब्याजदरको अभ्यासको चर्चा गर्नुभएको थियो भने कार्यशालाको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र बरिष्ठ कार्यक्रम अधिकृत प्रेम वाग्लेले गर्नुभएको थियो ।

उक्त संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सबै संस्थाहरु सहकारीको छवि सुरक्षा गर्ने उद्देश्यले असल अभ्यासहरुमा लाग्नु पर्नेमा जोड दिँदै आफु मात्र राम्रो बन्नेमा मात्र सिमित नभइ अभियान राम्रो बनाउने कुरामा केन्द्रित हुनुपर्ने विचार राख्नुभएको थियो भने सो कार्यशाला संस्थाहरुको प्रगतिको समीक्षा र मानव संशाधन कार्याशाला गरी २ वटा पक्षमा केन्द्रित रहँदै महत्वपूर्ण निश्कर्षहरु सहित समापन भएको र आगामी कार्यशाला युवा बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेकोे अयोजनामा हुने गरी एक्सेस ब्राण्डिङ प्रतिक झण्डा हस्तान्तरण समेत भएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन