मन्थली नगरपालिकाको आयोजनामा सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न


मन्थली । मन्थली नगरपालिकाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा रामेछाप सदरमुकाममा ४ दिवसीय सहकारी लेखा व्यवस्थापन तालिम सञ्चालन भएको थियो । उक्त नगरपालिका भित्र क्रियाशील विभिन्न संघ-संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु र कर्मचारीहरुको सहभागिता रहेको तालिमको समापन कार्यक्रमको अध्यक्षता नगरप्रमुख रमेश कुमार बस्नेतले गर्नुभएको थियो भने उद्घाटन कार्यक्रमको प्रमुख आकर्षक उपप्रमुख मायाकुमारी कार्की रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा नगरप्रमुख बस्नेतले स्थानीय तह संचालन ऐन आएपछि नगर मातहतका सहकारीको सञ्चालन, नियमन र अनुगमन निरन्तर नगरपालिकाले गर्ने गरेको बताउँदै केही सहकारी नियमनको क्षेत्रको दायरामा नआएको र आउनको लागि अनुरोध गर्नुको साथै वित्तिय प्रतिवेदन समयमा बुझाउन, सदस्यको पैसाको परिचालन सही तरिकावाट नगरी झोलामा राखेर हिडेमा त्यस्तो प्रवृत्ति अन्त्य गरिने समेत स्पष्ट पार्नुभएको थियो

सहकारीको क्षमता विकास तालिमका कार्यक्रम निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्दै नगरप्रमुख बस्नेतले सहकारीलाई सदस्यको उत्पादनसँग जोड्न नगरपालिकाले सकारात्मक भूमिका निर्वाह गर्ने र सदस्यको पैसा सदस्यको हितमा परिचालन गर्नुपर्ने भन्दै सहकारीको चुस्त दुरुस्त व्यवस्थापनमा जोड दिनुभएको थियो भने सो समापनमा जिल्ला बचत संघका अध्यक्ष जगनाथ दाहाल, पत्रकार महासंघ रामेछापका सभापति बद्री नयाँघरे अतिथि रहनुभएको थियो । उक्त कार्यक्रममा मन्थली नगरपालिकाका उपसचिव हेमन्तकुमार बुढाथोकी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. रामेछापका अध्यक्ष जगनाथ दाहाल, मन्थली साकोसका पूर्व अध्यक्ष गोविन्दप्रसाद घिमिरे, पत्रकार महासंघका जिल्ला उपसभापति कैलाश खत्री रहनुभएको थियो भने कार्यक्रम सञ्चालन मन्थली नगरपालिकाका योजना अधिकृत उज्वल पोखरेलले र तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र वित्तीय अनुगमन अधिकृत दिपक अर्यालले गर्नुभएको थियो ।

त्यसैगरि कार्यक्रममा मन्तव्य राख्दै जिल्ला बचत संघका अध्यक्ष जगनाथ दाहाले सहकारीहरुले प्रकृति बमोजिमको कारोबार गर्नुपर्ने, संस्थाको लेखा प्रणाली चुस्त दुरुस्त राख्नुपर्ने, ऋण लगानी प्रकृयागत सुधार गर्नुपर्ने, तरलता अभावमा संस्थालाई चुनौती रहेकोमा व्यवस्थापन गर्दै समय सापेक्ष व्याजदर परिवर्तन गर्दै, नीति विधि र प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहमा मितव्ययीता अपनाउनुपर्ने भन्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने मन्थली साकोसका पूर्व अध्यक्ष गोविन्दप्रसाद घिमिरेले सदस्यको पैसा सही परिचालनका लागि लेखा व्यवस्थापन अपरिहार्य भएकोमा जोड दिदैं तालिम मर्यादित र प्रभावकारी बनाउन समय परिपालनामा ध्यान दिनुपर्ने र सिकेको कुरा संस्थामा कार्यान्वयन गर्नुपर्ने भन्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो तालिममा पत्रकार महासंघका जिल्ला उपसभापति कैलाश खत्रीले महत्वपूर्ण र उपयुक्त तालिम आयोजना गरिएको बताउँदै सञ्चार माध्यममा सहकारी क्षेत्र पनि प्राथमिकतामा परेको र उच्च महत्व रहेको र आगामी दिनमा महासंघको पनि सहकार्य, साझेदारी रहने प्रतिबद्धतासहित सहकारीको विकासका लागि सहकार्य, छलफल र अन्तरक्रिया गर्ने बताउनुभएको थियो भने हेमन्त कुमार बुढाथोकीले पालिका स्तरीय सहकारीहरुको संवैधानिक प्रावधान बमोजिम नियमनको थालनी भएको भन्दै सबै सहकारीको विवरण अद्यावधिक कार्य थालनी गरिएकोमा ११० सहकारी मध्ये ५६ वटा सहकारी अद्यावधिक गरिएको बताउनुभएको  थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन