दाङको रिद्धिसिद्धि साकोस कर्ब्स कार्यक्रममा आबद्ध
काठमाडौं । दाङको घोराहीस्थित रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएको थियो । उक्त साकोसको कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा सहभागी हुँदै साकोसका अध्यक्ष श्रीधर घिमिरे, व्यवस्थापक विकास चौधरी र नेफ्स्कूनको तर्फबाट दाङ फिल्ड कार्यालय इन्चार्ज विष्णुदत्त जोशीले साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी लोकप्रिय कार्यक्रम कर्ब्सको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
त्यसैगरि नेफ्स्कूनका दाङ फिल्ड इन्चार्ज विष्णुदत्त जोशीका अनुसार करिब १५ सय सदस्य रहेको समुदायमा आधारित रिद्धिसिद्धिको करिब ५ करोड भन्दा माथिको वित्तीय कारोबार रहेको छ ।