सर्लाहीको स्वस्तिक साकोसको आयोजनामा आँखा शिविर सञ्चालन

काठमाडौं । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाहीको ईश्वरपुरस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुका लागि सप्ताहव्यापी निशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । उक्त आँखा शिविरको ९ सय ३५ जनाले आँखा परीक्षण गराउदै भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र डार्क फाउण्डेशन, पार्टनर इक्युटिको आर्थिक सहयोगमा स्वस्तिक साकोसले शिविरको आयोजना गरेको थियो ।

त्यसैगरी सर्लाही जिल्लाको चन्द्रनगर गा.पा-७ नाढीमन तालमा स्थानिय सहआयोजक दनुवार कल्याणकारी समिति सर्लाही, ईश्वरपुर १५ सोकनाहमा रहेका शुभ एकाडेमिको सहआयोजना र ईश्वरपुरको वयलवास बजारमा रहेको स्वस्तिक साकोस गरी तीन ठाउँमा सञ्चालन गरिएको शिविरवाट सदस्यहरुले आँखा परीक्षण सेवा लिनुभएको साकोसका व्यवस्थापक विनोद थापाले जानकारी गराउदै आँखा परीक्षण गरिएका ९ सय ३५ मध्ये २ सय ७५ जना मोतियाविन्दुका बिोरामीहरुको नेत्रज्योति संघ भरतपुरका डाक्टरहरुद्वारा सफल अपरेशन भएको साकोस आवाजसँगको कुराकानीका क्रममा व्यवस्थापक थापाले जानकारी दिनुभएको थियो ।

उक्त संस्थाको वार्षिक योजना अनुरुप हरेक वर्ष तीन वटा मानविय तथा सामाजिक कार्य अत्तर्गत यस वर्ष नेपाल नेत्रज्योति संघ भरतपुर संग समन्वय गरि चन्द्रनगर, सोकनाह र स्वस्तिक साकोसको वयलवासको भवनमा आँखा शिविर कार्यक्रम गरि स्थानिय अस्पताल ईश्वरपुरको धनपटि डाँडामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमै मोतियविन्दुका रोगिहरुको आँखा अपरेशन गराईएको संस्थाका अध्यक्ष वेनी वहादुर कार्कीले जानकारी दिनुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *