नयाँपाटी साकोसको २४औं बार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । गोकर्णेश्वर न.पा-२, नयाँपाटी स्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको २४औं बार्षिक साधारणसभा गौतम खनालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गर्दै ३ गते सम्पन्न भएको थियो भने उक्त सभाले खनालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र बालकृष्ण श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको थियो । त्यसैगरी समितिको उपाध्यक्षमा श्याम कृष्ण श्रेष्ठ, सचिवमा चिरञ्जीवी सिंखडा, कोषाध्यक्षमा बसन्तकुमार पण्डित र सदस्यहरुमा राजेन्द्र भण्डारी, लक्ष्मी चालिसे, कल्पना श्रेष्ठ, गमान तामाङ्ग, जीवन श्रेष्ठ र लक्ष्मण कुईंकेल निर्वाचित हुनुभएको थियो भने बालकृष्ण श्रेष्ठको संयोजकत्वमा विष्णुहरि फुयाल र प्रतिमा लामा सदस्य रहेको लेखा सुपरीवेक्षण समिति चयन भएको थियो

उक्त सभामा संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले २०५४ सालमा स्थापना भएको नयाँपाटी साकोसको हालसम्म आइपुग्दा ७ करोड रुपैया वितरण गर्नु नपर्ने रकम विभिन्न कोषमा जम्मा भएको जानकारी गराउदै सदस्यहरुको सामाजिक उन्नति, व्यक्तित्व विकास र पारिवारिक जीवनस्तर उकास्नका लागि संस्थाले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताउनुभएको थियो । सो संस्थाले बचत ऋणका अलावा सदस्यहरुलाई कोभिड १९ को महामारी, दैवी प्रकोप, भुकम्प, दुर्घटना, मृत्यु जस्ता सबै अवस्थामा घरदैलोमा नै गएर सेवा प्रदान गर्दैै आएको र संस्थाले सेवालाई गुणस्तरीय र प्रविधिमैत्रि बनाउन, एटीएम मेसिन, स्मार्ट बैंकिङ, इ–पे मेसिन र स्मार्ट काउण्टर जस्ता थुप्रै सुविधा सञ्चलनमा ल्याइसकेको थियो भने संस्थाले विभिन्न समयमा स्वास्थ्य शिविर, सदस्य शिक्षा, रक्तदान, कृषि तालिम जस्ता कार्यक्रम सञ्चलान गरी सदस्य र समुदायलाई लाभान्वित तुल्याउँदै आएको जानकारी सभामार्फत गराइएको थियो ।

उक्त संस्थाका सचिव चिरञ्जीवी सिंखडाले वार्षिक प्रगति प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष उत्तम खड्काले आ.व. २०७७।७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असारमसान्तसम्म संस्थाको शेयरपुँजी ११ करोड ६७ लाख ६२ हजार, बचत संकलन ७४ करोड ४० लाख, ऋण लगानी ७६ करोड ८७ लाख गरी खुद नाफा २ करोड ८० लाख ११ हजार गर्न सफल भएको जानकारी गराउनुदै संस्थाले सदस्यहरुलाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने भएको छ भने असारमसान्तसम्म संस्थाको कुल वासलात १ अर्ब ४ करोड १३ लाख पुर्याउन सफल भएको थियो ।

त्यसैगरी संस्थाले यस आ.व.मा कार्यक्षेत्रभित्र सदस्यता वृद्धि गर्ने, कृषि तथा सहकारी उपसमितिमार्फत कृषि सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने र उपयुक्त थप एटिएम मेशिन जडान गर्ने जनाउदै कृषि व्यवसायमा ८ प्रतिशत ब्याजदरमा २ करोड ५० लाख लगानी गर्ने, पर्यटन क्षेत्रमा ११ प्रतिशत ब्याजदरमा १ करोड ५० लाख, प्राविधिक शिक्षा अध्ययन गर्नेका लागि १० प्रतिशत ब्याजरदमा १ करोड, व्यापार व्यवसायमा १० प्रतिशत ब्याजदरमा १० करोड, डाक्टर, इन्जिनिय, वकिल, प्रधानाध्यापकहरु मध्ये १० जनालाई ९.५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म अटोलोन सुविधा समेत दिने भएको थियो ।

त्यसैगरी आर्थिक अवस्थाका कमजोर भएका शेयरसदस्यका छोराछोरीलाई ल्यापटपका लागि ७५ हजारसम्म र स्मार्ट मोबाइल खरिद गर्न २५ हजारसम्म ऋण दिने भएको थियो भने काठमाण्डौ जिल्लाभर कार्यक्षेत्र रहेको उक्त संस्थाले लघुवित्त समुहमार्फत समुदायमा पछाडि परेका महिलाहरुको आर्थिक तथा सामाजिक उत्थानमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन