ऋण जोखिम व्यवस्थापन तालिम बिर्तामोडमा सुरु
काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय झापाको आयोजनामा ऋण जोखिम व्यवस्थापन तालिम बिर्तामोडमा सुरु भएको थियो । उक्त तालिममा झापा मोरङ जिल्लाका बचत ऋण सहकारीहरुबाट गरी ३० जनाको सहभागिता रहेको र ब्यानरमा हस्ताक्षर गरेर तालिमको उद्घाटन गर्दै नेफ्स्कून सञ्चालक सदस्य घनश्याम अधिकारीले साकोसहरुको मुख्य विषय नै ऋण भएकाले विषयसम्बन्धित तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको थियो भने सहकारीमा कोभिड असरको प्रक्षेपण सर्वप्रथम नेफ्स्कूनले गरेको दाबी गर्दै उहाँले राज्यसँग लबिङ गर्नुपर्ने विषयमा संघले कुनै कसर बाँकी नराखेको समेत जानकारी गराउनुभएको थियो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृतद्वय रामकृष्ण भट्टराई र मुकेश दाहालले सहजीकरण गर्नुभएको तालिममा झापा फिल्ड कार्यालय इन्चार्ज सोमनाथ दाहालले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विर्तामोड सेवा केन्द्र प्रमुख बिनोद न्यौपानले गर्नुभएको थियो ।