हाम्रो चित्रवन साकोसको पहिलो साधारणसभा सम्पन्न

भरतपुर । चितवनको भरतपुर–११ स्थित हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको पहिलो साधारण सभा तथा एकाइ प्रतिनिधि भेला वर्तमान सञ्चालक समितिलाई निरन्तरता दिदै सम्पन्न भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेफस्कूनका अध्यक्ष परितोष पौडेलले एकीकरण मार्फत सदस्यलाई अझ दीगो र सुरक्षित कारोवारका लागि अग्रसर बनाएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय र प्रभावकारी सेवा दिन संस्था सफल हुने कुरामा आफु विश्वस्त रहेको बताउनुभएको थियो भने कार्यक्रममा बिशिष्ठ अतिथि चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदी, संस्थाका पुर्व अध्यक्ष भोला शिवाकोटी, बिष्णुप्रसाद अधिकारी, राजेन्द्रमणी काफ्ले, जिल्ला बचत संघका सचिव तथा संस्थाका पूर्वअध्यक्ष रामराज पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका सचिव कृष्णप्रसाद पौडेलले आर्थीक बर्ष २०७७।७८ को प्रगति र २०७८।७९को प्रस्ताबित नीति तथा कार्यक्रम, आ.व. २०७७।७८ को यथार्थ र २०७८।७९ को अनुमानित बजेट बिबरण र २०७७।७८ को लेखापरीक्षण प्रतिवेदन संस्थाका कोषाध्यक्ष नारायणप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको थियो भने आन्तरिक लेखा परीक्षण प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक सूर्यवदना हमालले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी गत मसिंर २९ गते दीपज्योति, हाम्रो माईति, भानुचोक, गौरवमय सेवा केन्द्रका एकाई भेला, पौष १ गते चित्रवन सेवाकेन्द्रका साविक २९०० शेयर सदस्य सम्म, पटिहानी सेवा केन्द्रका सबै शेयर सदस्य र पौष २ गते चित्रवन सेवा केन्द्रका २९०० भन्दा माथिका शेयर सदस्य तथा मोेडल सेवा केन्द्रका शेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न एकाई भेलामा साधारणसभाका बिषयसुचिहरु माथी छलफल गरी पारित गर्नुका साथै सो एकाई भेला बाट एकाइ प्रतिनिधि छनौट गरिएको थियो ।

त्यसैगरी भरतपुर ११ बाईपासरोडमा मुख्य कार्यालय रहेको संस्थाको दीपज्योति, चित्रवन, हाम्रो माईति ,अभिबृद्धि, गौरवमय, भानुचोक, पटिहहानी र मोडल सहित ८ सेवा केन्द्रहरु रहेका थिए भने सो संस्थामा हाल १० हजार ४ सय ६६ शेयर सदस्य रहेको र कुल पुँजी १ अर्ब २० करोड भन्दामाथि रहेको थियो । उक्त संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न साधारण सभामा एकीकरण भैआएका संस्थाका अध्यक्षहरुलाई समेत कदरपत्रले सम्मान गरिएको थियो ।

 

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *