चितवन । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २२औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीको अध्यक्षतामा एवं राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभाका विशिष्ट अतिथि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेफ्स्कूनका लेखा सुपरीवेक्षण समितिका संयोजक नवराज सापकोटा, बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक सदस्य तेजेन्द्रवहादुर खड्का, जिल्ला सहकारी संघ लि. का सञ्चालक सदस्य विष्णुप्रसाद वास्तोला, जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष दिनेशकुमार चुके, जिल्ला दुग्ध सहकारी संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा र जिल्ला जडिवुटी सहकारी संघ लि. का सञ्चालक सदस्य देवि पौडेल लगायतको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष तथा नेफस्कून सञ्चालक सदस्य विद्या कोइरालाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव रामराज पौडेलले गर्नुभएको थियो । त्यसैगरि सञ्चालक समितीको तर्फवाट बार्षिक प्रतिवेदन प्रस्तुत साथै यही फागुन २९ मा हुने संघको रजत महोत्सव कार्यक्रमको अवसरमा गरिने अन्य कार्यक्रममा सक्रिय सहभागी हुन सदस्य साकोसहरुलाई आह्वान गरिएको थियो भने सहकारी अभियानलाई अगाडी बढाउन संघले हालसालै पालिका स्तरिय सञ्जाल निर्माण कार्यक्रम सम्पन्न गरेको समेत जानकारी गाराइएको थियो । उक्त सचिव रामराज पौडेलले आ.व. २०७७/०७८ मा गरिएका कार्यक्रमहरु, र ०७८/०७९ मा गरिने प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन २०७७/०७८ मा भएका यथार्थ आम्दानी र खर्च तथा २०७८/७९ को लागि अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
उक्त सभाले विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान तथा पुरस्कारको घोषणा गरेको थियो भने मासिक बचत तर्फ एभरेष्ट साकोस भरतपुर—३, चितवन, ऐच्छिक बचत तर्फ हाम्रो चित्रवन साकोस भरतपुर–७, सबैभन्दा बढी शेयर जम्मा गर्ने अभियान सााकोस भरतपुर-९ र असल ऋण कारोवार गर्ने संस्था नवज्योति महिला साकोस भरतपुरलाई यस वर्ष फागुन २९ गते आयोजना हुने रजत महोत्सव समारोहको अवसरमा सम्मानित गरिने घोषणा गरिएको थियो ।
Leave a Reply