सुनकोशी क्लष्टरमा आबद्ध सहकारीहरुबीच सिकाई कार्यशाला सम्पन्न
सिन्धुली । बचत तथा ऋण सहकारी संस्थाले आ–आफ्नो प्रगति र सिकाइ एक आपसमा आदान प्रदान गरी सहकारीकर्मीहरुको क्षमता अभिवृद्धि गर्दै संस्थागत स्तरोन्नति गर्ने उद्देश्यले सञ्चालित एक दिवसीय कार्यकुशता तथा सिकाइ व्यवस्थापन कार्यशाला सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित रातामाटामा सम्पन्न गरेको थियो । त्यसैगरी जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. बोहोरेटारको आयोजना, नेफ्स्कून र सिन्धुली बचत तथा ऋण सहकारी संघ लि. को प्राविधिक सहयोग सञ्चालित उक्त कार्यक्रममा सुनकोशी क्लस्टरमा आबद्ध ८ बचत तथा ऋण सहकारी संस्थाबाट २८ जना सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो भने आयोजक संस्थाका अध्यक्ष चक्रबहादुर श्रेष्ठको अध्यक्षता र सिन्धुली बचत तथा ऋण सहकारी संघ लि. की अध्यक्ष बालकुमारी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यशालाको सञ्चालन अमृत तिमिल्सिनाले र स्वागत कृष्णप्रसाद चौलागाईले गर्नुभएको थियो ।
त्यसैगरी जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्स अन्तर्गत सञ्चालित यस्ता कार्यकमबाट संस्थालाई सुशासित, गुणस्तरीय र व्यवस्थित बनाउन महत्वपूर्ण सिकाई हुने धारणा प्रमुख अतिथि श्रेष्ठले राख्नुभएको थियो । उक्त साकोस प्रतिनिधिहरुले आ-आफ्नो प्रगति र सिकाइबारे प्रस्तुतिकरण गर्दै कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमिल्सिनाले गर्नुभएको थियो भने सो कार्यशालामा बचत संघकी महासचिव मिथुला घिमिरे र नेफ्स्कूनका सहायक कर्मचारी श्याम बुढाथोकी समेतको उपस्थिति रहेको थियो ।