हाइवे साकोसको १५औं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा अवस्थित हाइवे बचत तथा ऋण सहकारी संस्था लि. को १५औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त साकोसकी अध्यक्ष उमा सिँखडाको अध्यक्षतामा आयोजित सभाको उद्घाटन नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो भने सभामा महिला सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो । त्यसैगरी सो सभाले साकोसका विभिन्न सेवामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मानित समेत गरेको थियो ।
त्यसैगरी २०६३ साल कार्तिक २१ गते दर्ता भई सञ्चालनमा रहेको साकोसले आफ्नो १६औें स्थापना दिवस कार्यक्रम समेत सम्पन्न गरिसकेको र नेफ्स्कून स्तरीकरण कार्यक्रम कर्ब्समा आवद्ध साकोसमा हाल ३ हजार ७ सय ७५ सदस्य र कुल ३३ करोड ५३ लाख सम्पत्ती रहेको छ ।