बालकुमारी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. को २१औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त संघका अध्यक्ष तुईलाल श्रेष्ठको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, जिल्ला सहकारी संघ भक्तपुरका प्रतिनिधि, स्थानीय सहकारीकर्मी लगायत सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त सभालाई संम्बोधन गर्दै प्रमुख अतिथि संघका अध्यक्ष पौडेलले अब्बल र संगठित संस्थाको रुपमा परिचित बालकुमारी साकोस अब गुणस्तरीय विकास र विस्तारसँगै सदस्यहरुको धन सृजना गर्ने अभियानमा जागरण ल्याउनुपर्नेमा जोड दिदै नेफ्स्कूनले साकोसको दीगो संस्थागत विकासका लागि स्तरीकरण कार्यक्रम साथै सुरक्षित, विश्वसनीय र सदस्यको बचतको सुरक्षाका लागि स्थिरीकरण कोष मार्फत सुरक्षा कवजको रुपमा काम गर्न दृढताका साथ अगाडि बढेको र कोष औपचारिक रुपमा सञ्चालनको प्रक्रियामा अगाडि बढेको बताउँदै कोषले असामान्य अवस्थामा पनि सदस्यको पैसाको सुरक्षा गर्ने दावी उहाँले गर्नुभएको थियो ।

सो बचत ऋण सहकारीका पिता एफ. डब्लु राइफाइसनको सहकारी सिद्धान्त स्वसहयोग, स्वशासन र स्वउत्तरदायित्वको चर्चा गर्दै अध्यक्ष पौडेलले सहकारी संस्था सदस्यको संस्था भएको र त्यहाँका सञ्चालक केवल अभियानको सहयात्री मात्रै रहेको प्रशंङ्ग औल्याउदै उहाँले भक्तपुर जिल्ला पर्यटकीय दृष्टिकोणबाट अनुपम नमुना भएकोले यहाँ भित्रने करिब २० लाख नागरिसँग जोडिएका उद्यमशिलता विकासका नयाँ आयामहरुको खोजीमा बालकुमारी लगायत भक्तपुरका बचत संघ र बचत संस्थाहरुले जोडिनुपर्ने भन्दै त्यसका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

त्यसैगरी भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखजुले आगामी दिनमा संस्थाको थप सफलता, उन्नती प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त सभाले साकोसका विभिन्न सेवामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, जेष्ठ सदस्य, बाल बचतकर्ताहरु, कर्मचारी, तालिम प्रशिक्षक लगायतलाई सम्मान तथा कदरपत्र प्रदान गरेको थियो भने नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाललाई साकोसको सञ्चालक समिति, कर्मचारी लगायतलाई विभिन्न प्रकारका तालिम तथा शिक्षा प्रदान गरेको प्रति उच्च सम्मान गर्दै उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन