बाग्मती प्रदेश सहकारी अभियानका साझा सवाल विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं । बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. बाग्मती प्रोस्कूनको आयोजनामा मकवानपुरको हेटौडामा बाग्मती प्रदेश सहकारी अभियानका साझा सवाल विषयक अन्तरक्रिया सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख वक्ता प्रदेश भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, प्रदेश रजिष्ट्रार नारायण ज्ञावाली लगायत बाग्मती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटा, बाग्मती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटा, मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख राजन ढकाल, कानुन अधिकृत प्रकाश चापागाई, सूचना अधिकृत अनुप अधिकारीको उपस्थिति रहेको थियो । उक्त प्रदेश बचत संघको तर्फबाट अध्यक्ष उद्धव सापकोटा, पदाधिकारी एवम् सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको समेत उपस्थित रहेको थियो भने कार्यक्रममा संघका अध्यक्ष उद्धव सापकोटाले उपस्थित सहभागीहरुलाई खादा ओडाएर सम्मान गर्नु भएको थियो ।

 

त्यसैगरी कार्यक्रम मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले सहकारी अभियानको सुधार हामीले गर्ने हो, त्यसको शुरुवात हामीबाटै गरौं भन्दै कानुनमा बाझिएका कुराहरु संशोधन गरी सहकारीको असहजतालाई सहजीकरण गर्न आफु र मन्त्रालय प्रतिवद्ध रहेको बताउनुदै एकिकृत अनुगमनका लागि निर्देशिका बनाई बाग्मती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उच्चस्तरीय सहकारी संयन्त्र बनाई सहकारी अभियान र नियामक निकाय एकैसाथ अनुगमनमा जानसक्ने सड्यन्त्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । सो रजिष्ट्रार नारायण ज्ञावालीले बाग्मती प्रोस्कूनले उठाएका विषयवस्तुहरुमा केन्द्रित रही सहकारी अभियान सुदृढीकरणका लागि बाग्मती प्रोस्कूनसँग सहकार्य गर्न मन्त्रालय सकारात्मक रहेको अभियान र मन्त्रालयले साझेदारी गर्न सक्ने क्षेत्रको पहिचान गरी गर्नसक्ने कार्यक्रमहरुको प्रारुप तयार गरी पेश गर्न अनुरोध समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा संघको स्थापना देखि वर्तमान अवस्थासम्मको प्रगति एवम् कृयाकलापहरु तथा बाग्मती प्रदेशको सहकारी अभियानमा देखिएका समस्याका सम्बन्धमा संघका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले प्रस्तुतिकरण गर्नुभएको थियो । त्यसैगरी कार्यक्रम सञ्चालन संघका कोषाध्यक्ष टापबहादुर श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा संघका महिला उपाध्यक्ष राधा सिंतान र संघका सञ्चालक प्रदिप थापाको उपस्थिति रहेको थियो ।

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *