काठमाडौं । सहकारीमा सन्दर्भ ब्याजदरको विषयमा स्थायी समाधान खोजिने भएको छ । त्यसका लागि सहकारी विभागका उप-रजिष्ट्रारको संयोजकत्वमा नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको प्रतिनिधित्वसहित राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी कार्यदल बनाउने सहमति भएको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिका सदस्य एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले जानकारी गराउनुभएको थियो भने उक्त समितिको बैठकमा बजार बिश्लेषणलाई प्रमुख आधार मानेर सन्दर्भ ब्याजदरको दीर्घकालीन समाधान निकाल्ने विषयमा समेत सहमति भएको उहाँले बताउनुभएको थियो ।
उक्त सहकारीको सन्दर्भ ब्याजदर रेफेरेन्स इन्ट्रेस्ट रेट निर्धारण तथा सिफारिस समितिको आज बिहान बसेको बैठकले पुनः पुस २१ गते बस्ने गरी टुंगिएको थियो भने थप बजार बिश्लेषणपछि मात्र ब्याजदर पुनरावलोकन गर्ने विषय बैठकको निष्कर्ष भएको थियो । त्यसैगरी सहकारी अभियानले समिति समक्ष ब्याजदर १७ प्रतिशत पुर्याउन प्रस्ताव गर्दै गत वर्ष ब्याजदर निर्धारण समितिले सहकारी संस्थाहरूको कर्जामा ब्याजदरको सीमा १४.७५ प्रतिशत निर्धारण गरेको र त्यसअघि १६ प्रतिशत तय गरेको थियो भने बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभावसँगै ब्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर पुनरावलोकनको माग चुलिएको हो ।
Leave a Reply