काठमाडौं । ज्योपिपुञ्ज बचत तथा ऋण सहकारी सस्था लि. नयाँ बानेश्वर, काठमाडौको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोवेसन बाग्मती क्लष्टर पहिलोको प्रथम कार्यकुशलता तथा सिकाइ व्यवस्थापन एवम कार्याशाला सम्पन्न भएको थियो । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यशालमा संघका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल अतिथि रहनुभएको थियो भने सहजीकरण संघका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानेले गर्नुभएको थियो । उक्त कार्यक्रममा बाग्मती पाँचौ क्लष्टरमा आबद्ध काठमाडौं र काभ्रे जिल्लाका ८ संस्थाहरुको सहभागिता रहेको थियो भने प्रमुख अतिथि पोख्रेलले संस्थाहरुको शुसाशन, दिगो विकास र पूर्ण व्यवसायिकताका लागि स्तरीकरण कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारीहरुले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्दा मात्रै सदस्य विश्वास आर्जन गर्न सकिने भन्दै सदस्य मैत्री, प्रविधियुक्त सेवा प्रवाहका लागि सबैलाई सचेत तुल्याउदै प्रमुख कार्यकारी अधिकृत पोख्रेलले साकोस अभियानको अहिलेका प्रमुख बिषयहरु स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष भएको भन्दै दुबैमा सक्रिय सहभागिताको लागि अनुरोध समेत गर्नुभएको थियो । त्यसैगरी ज्योतिपुञ्ज साकोसका अध्यक्ष नवराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यशालामा दोश्रो कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला नवसिर्जनशिल साकोस चाबहिलको आयोजनामा २०७८ चैत १८ गर्ने निर्णय गरिएको थियो ।
Leave a Reply