संगम रजत महोत्सव एवम् १७औं वार्षिक साधारण सभा सम्पन्न


 

काठमाडौं । नुवाकोटको विदुर-४ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लि. को रजत महोत्सव तथा १७ औं वार्षिक साधारण सभा भव्यतापूर्वक सम्पन्न भएको थियो । उक्त राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा बट्टार-४ स्थित तामाङ प्लाजामा सम्पन्न कार्यक्रममको अध्यक्षता संस्थाका अध्यक्ष नारायण श्रेष्ठले गर्नुभएको थियो भने राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता तिमिल्सिना भट्टराईसँगै कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल पनि बिशिष्ट अतिथिका रुपमा सहभागी हुनुभएको थियो ।

 

उक्त कार्यक्रममा प्रमुख अतिथिले रजत स्मारिका बिमोचिन गर्नुभएको थियो भने प्रमुख अतिथि, बिशिष्ट अतिथि लगायतबाट जिल्लाको सहकारी तथा संस्थाको विकास र वृद्धिमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मानित समेत गरिएको थियो । त्यसैगरी २०५३ साल पुस १५ गते स्थापित साकोसले बट्टारको संगम प्लाजास्थित आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको र साकोसले बचत नै विकासको पहिलो पाइला भन्ने मान्यता आत्मसात् गर्दै आएको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न