काठमाडौं । मोरङको उर्लाबारी–७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लि. को संस्थागत विकास तालिम (Institutional Development Training) आयोजना गरिएको थियो । नेफ्स्कूनकी सञ्चालक एवम् साकोसकी उपाध्यक्ष गोमा नेपालको अध्यक्षतामा आयोजित तालिम उद्घाटन तथा समापन सत्रका प्रमुख अतिथि क्रमशः लेटाङ नगरपालिकाका मेयर शंकर राई तथा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो रहनुभएको थियो भने लेटाङस्थित कृषि विकास बैंक तालिम केन्द्रमा सञ्चालित तालिममा नारी संकल्पका सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न विषयगत उपसमिति तथा कर्मचारीहरु गरी २८ जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा दुबै नगरपालिकाका मेयरहरुले सहकारी संस्थाहरु सुशासित हुनुपर्नेमा बिशेष जोड दिनुभएको साकोसका व्यवस्थापक चित्र न्यौपानेले साकोस आवाजलाई जानकारी गराउदै सहकारीमार्फत सदस्य र समुदायको जीवनस्तर परिवर्तन सम्भव भएको बताउँदै नगरप्रमुखहरुले नीति र विधिसम्मत् ढङ्गले संस्थाहरु सञ्चालनलाई प्राथमिकतामा राखिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । त्यसैगरी उद्घाटन र समापन दुबै सत्रको अध्यक्षता गर्नुभएकी संस्थाकी उपाध्यक्ष गोमा नेपालले संस्थागत तालिममा सिकेका विषयहरुलाई संस्था सञ्चालनमा लागू गर्ने जिम्मेवारी थपिएको बताउदै उहाँले महिलाहरुद्वारा सञ्चालित जिल्लाकै अब्बल बचत तथा ऋण सहकारीलाई थप सदस्य मैत्री, विश्वसनीय र गुणस्तरीय बनाउने सामुहिक प्रतिबद्धताअनुरुप अघि बढ्ने समेत स्पष्ट पार्नुभएको थियो
नेफ्स्कून सञ्चालक नेपालले तालिमले सुशासित, दिगो र मर्यादित साकोस बनाउने अझ बढी जिम्मेवारी थपिएको र त्यसै दिशातर्फ दत्तचित्त भएर लाग्ने कुरा व्यक्त हर्नुभएको थियो । त्यसैगरी सो तालिमको सहजीकरण नेफस्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले तथा कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नुभएको थियो भने २०६३ सालमा स्थापित नारी संकल्प साकोसमा हाल ३ हजार महिला सदस्य रहि १६ करोड बढीको स्थिति विवरण पत्र रहेको छ ।
Leave a Reply