एकीकृत फ्रेण्डसिप साकोसको सातौं स्थापना दिवस सम्पन्न


जिरी । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था जिरीको सातौ स्थापना एकीकरण दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यता तथा साकोसका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंकबहादुर जिरेल, नेफ्स्कूनका सञ्चालक जिवराज खड्का, वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, जिसस दोलखाकी उपप्रमुख मनमाया जिरेल लगाएत भिमेश्वर,जिरि, वैतेश्वर, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका सहकारी विभाग हेर्ने प्रमुख सहितको उपस्थितिमा भएको कार्यक्रममा नेप्स्कूनका विभागिय प्रमुख दुर्गाप्रसाद ढकालले प्रस्तुतिकरण गर्नुभएको थियो

उक्त कार्यक्रममा सहकारी संस्था सञ्चालन तथा कानुनी जोखिम ब्यबस्थापन एवम सहकारी संस्था सञ्चालनमा स्थानीय तहको भुमिका बिषयक प्रशिक्षण कार्यक्रम तथा एकीकरण गरिएका सहकारी संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने स्थापना दिवसको अवसरमा संस्थाको वर्तमान अवस्था बारे प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले एकीकृत फ्रेण्डसीप साकोसले आफ्ना शेयर सदस्यहरूलाई मध्यनजर गर्दै मुख्य कार्यालय सहित १२ वटा सेवा केन्द्रबाट सेवा सञ्चालन गरिरहेको संस्थाले आगामी बर्ष काठमाडौको कोटेश्वर, रामेछापको मन्थली र भुजीमा आफ्नो सेवाकेन्द्र विस्तार गर्ने योजना बनाएको बताउनुभएको थियो ।

सो संस्थाले जेष्ठ नागरिकहरूलाई बृद्व भत्ता, सुत्केरी स्याहार, सदस्य बिमा, मोबाइल बैकिंङ, इन्टरनेट बैकिंङ, मिस्डकल बैकिंङ, लगायतका सेवा तथा कार्यक्रमहरु गर्दै सदस्यहरूको मन जितिरहेको र २०४८ सालमा स्थापना भएको फ्रेण्डसिप साकोसले २०७१ सालमा एकै पटक ९ वटा सहकारी संस्थाहरूसँग एकीकरण गरेर एकीकृत फ्रेण्डसिपको नामबाट परिचित भई सदस्यहरूलाई लक्षित गर्दै विभिन्न ६५ वटा शिर्षकमा ऋण लगानी गरीरहेको थियो भने २४ प्रकारमा बचत सङ्कलन गरि उक्त सहकारी संस्थाले हालसम्म १४ वटा सहकारी संस्थाहरुसँग एकीकरण गरिसकेको छ । त्यसैगरी जिरी नगरपालिका वडा नम्बर ५ मा मुख्य कार्यालय रहेको संस्थाको रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका तथा दोलखा जिल्लाको जिरी नगरपालिका, भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गरिरहेको र हाल एकीकृत फ्रेण्डसीप साकोसको कुल पुजी १ अर्ब १० करोड २३ लाख ९० हजार रहेको संस्थाका कार्यप्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले जानकारी दिनुभएको थियो ।

 

उक्त कार्यक्रममा प्रमुख अतिथि परितोष पौडेल,नेफ्स्कूनका केन्द्रिय सदस्य जिवसराज खड्का,जिरी नगरप्रमुख टंक जिरेल,वैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्य,संस्थापक अध्यक्ष केशब कार्की,नेपाली काङ्ग्रेस जिरिका सभापति सोनाम शेर्पा,सहकारीका उपाध्यक्ष गोपाल जिरेल,सचिब केदार जिरेल लगायतले मन्तव्य राख्नुभएको थियो भने यसैबीच नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले साकोसका कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि तालिम सहजीकरण गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन