“सहकारी पद मानको लागि भन्दा जिम्मेबारी बहनका लागि हो”


काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि. ले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । उक्त अभिमुखीकरण कार्यक्रममा सबै समितिहरुको काम कर्तव्य, अधिकार, दायित्वका साथै सहकारी र बचत ऋण सहकारी अभियानका विविध पक्षहरुका बारेमा सहजीकरण गरिएको थियो भने कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् साकोसका अध्यक्ष ऋषिराज घिमिरेले गर्नुभएको थियो । त्यसैगरी प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल रहनुभएको थियो ।

उहाँले सहकारीहरुले सुशासनमा बिशेष ध्यान दिनुपर्ने बताउँदै प्रविधिकरणमार्फत सदस्यहरुलाई सहज र विश्वसनीय सेवा प्रवाह समयको माग भएकोमा बिशेष जोड दिनुपर्ने, ‘मर्यादित र प्रविधिमैत्री हुनैपर्छ र सहकारी संस्थामा पद भनेको मानका लागि भन्दा पनि जिम्मेवारी बहनका लागि भएको बाबियाखर्कको नयाँ सञ्चालक समितिको कामको मुल्याङ्कन ४ वर्षपछि हुने भन्दै यो कार्यकालमा संस्थालाई थप उचाईमा पुर्याउने कामका लागि समेत शुभकामना व्यक्त गर्नुभएको थियो ।

उहाँले संस्थालाई थप विश्वसनीय बनाउन सबै समिति उपसमितिहरुको महत्वपूर्ण भूमिका हुने भएकाले आवश्यक नीतिगत निर्णयहरु समयमै र सही गर्नेमा आश्वस्त तुल्याउदै अध्यक्ष घिमिरेले सहकारी क्षेत्रको आफ्नो लामो अनुभवलाई बाबियाखर्कको उन्नति र प्रगतिमा लगाउने प्रतिबद्धता व्यक्त गर्दै सदस्यता विस्तार, सेवा केन्द्र विस्तार, एकीकरण, प्रविधिकरण जस्ता विषयमा रणनीतिक योजनाको रिभ्यू गर्दै त्यसैमा टेकेर अघि बढिने स्पष्ट पार्नुभएको थियो । त्यसैगरी उक्त उद्घाटन सत्र साकोसका व्यवस्थापक बल्देवकुमार पौडेलले सञ्चालन गर्नुभएको थियो भने अभिमुखीकरण कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन