चितवन सामुदायिक साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

काठमाडौं । चितवन सामुदायिक साकोस, चितवनको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको थियो । उक्त कार्यशालामा ४० जनाको सहभागिता रहेको थियो भने हाल ४६०० सदस्य रहेको साकोसले आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्या १५००० पुर्याउने र ५६ करोड रुपैयाँको कुल सम्पत्ति सोही समयभित्र १ अर्ब २५ करोड पुर्याउने प्रक्षेपण गरेको थियो ।

उक्त उद्घाटन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष विनोद खण्ड तिमिल्सिनाले गर्नुभएको कार्यशालाका प्रमुख अतिथि कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय, बाग्मती प्रदेशका कानुन अधिकृत प्रकाश शर्मा चापागाई रहनुभएको थियो भने अतिथिहरुमा अरूण पिडित भण्डारी , प्रवक्ता भरतपुर महानगरपालिका, वडा नं-१० का अध्यक्ष, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक दिव्यबाबु नेपाल, नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे रहनुभएको थियो ।

त्यसैगरी कार्यशालामा प्रमुख अतिथि प्रकाश शर्मा चापागाईंले रणनीतिक व्यवसायिक योजना निर्माणमा कानुन अनुपालन व्यवस्थापन विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने कार्यशाला सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *