चितवनको सारथी साकोस ‘कर्ब्स’ कार्यक्रममा आबद्ध

काठमाडौं । भरतपुर महानगरपालिका ३, पशुपतिमार्ग स्थित सारथी बचत तथा ऋण सहाकारी संस्था लि. नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएको थियो । उक्त सम्झौतापत्रमा जिल्ला बचत संघ चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदी, सारथी साकोसका अध्यक्ष विष्णुकुमार श्रेष्ठ र नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसेले हस्ताक्षर गर्नुभएको थियो भने सारथी साकोस नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत चितवन जिल्ला बचत संघमार्फत कर्ब्स कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा चितवन जिल्ला बचत संघका निवर्तमान अध्यक्ष अनिता श्रेष्ठ, सचिव राजकृष्ण श्रेष्ठ, कोषाध्यक्ष महेश्वरप्रसाद रिजाल, सञ्चालक सदस्यहरु शंकर कोइराला, सरिता श्रेष्ठ, कविन्द्र श्रेष्ठ, फिल्ड अधिकृत पुरुषोत्तम ढकाल लगायतको उपस्थिति रहेको थियो भने नेफ्स्कूनले साकोसहरुको गुणस्तर प्रमाणीकरणका लागि सञ्चालन गर्दै आएका एक्सेस्, प्रोबेसनसँगै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्समा पनि पछिल्लो समय साकोसहरु आबद्ध हुने क्रम बढेको थियो ।

त्यसैगरी नेफ्स्कून जिल्ला संघ साभेदारीमा सञ्चालित कर्ब्स कार्यक्रमले साकोसहरुको वित्तीय तथा गैर वित्तीय जोखिमहरुको बैज्ञानिक र व्यवस्थित बिश्लेषण मात्र होइन तिनको समाधानको वस्तुनिष्ठ उपायहरु समेत सुल्झाउँदछ र वित्तीय कारोबार गर्ने साकोसहरुमा आइपर्ने विभिन्न जोखिमबारे सचेत भई समयमै निदानात्मक उपचार अवलम्बन गर्न पनि कर्ब्स कार्यक्रम सहयोगी बन्दै आएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *